काठमाडौँ । ललितपुर कुम्भेश्वरको एक घरमा आगलागी भएको छ । आगलागी २५ जना नगर प्रहरी, तीन वटा दमकल एक पानी ट्याङ्करको सहायतामा केही बेरमै नियन्त्रणमा लिइएको थियो ।
ललितपुर महानगरपालिकाका नगर प्रहरी प्रमुख सीताराम हाछेथुका अनुसार आगलागी भएका बेला घरमा कोही थिएनन् ।
आज जात्राको दिन भएकाले भूइँतलामा जेरी, स्वारी पकाउने काम भइरहेको थियो । त्यही बेला ग्यास लिक भएर आगलागी भएको हुन सक्ने आशङ्का छ । विस्तृत विवरण भने खुल्न बाँकी छ ।
वि.सं.२०८१ भदौ ३ सोमवार १०:२६ मा प्रकाशित






























