back
CTIZAN AD

मुसहर बस्तीमा निःशुल्क खानेपानी सुविधा

वि.सं.२०८१ भदौ ४ मंगलवार

693 

shares

नारायणगढ (चितवन) । जिल्लाको रत्ननगर नगरपालिका–७ सिसुवारमा रहेको सिमान्तकृत माझी मुसहर बस्तीका घरका निःशुल्क खानेपानीका धारा जडान गरिएको छ ।

रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, रत्ननगर नगरपालिका र बाघमारा मध्यवर्ती सामुदायिक वनको संयुक्त साझेदारीमा सो बस्तीमा खानेपानीको धारा जडान गरिएको हो ।

आर्थिक अभावका कारण शुद्ध खानेपानी पिउनबाट बञ्चित २४ माझी मुसहर घरधुरीलाई खानेपानीको मिटरसहित धारा जडान गरिएको वडा नं ७ का वडाध्यक्ष सजना महतोले जानकारी दिनुभयो । उहाँले वडा कार्यालयको २५ प्रतिशत, बाघमारा मध्यवर्ती सामुदायिक वनको २५ प्रतिशत र रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको ५० प्रतिशत लगानी तथा नगरपालिकाबाट जडान सामग्रीको सहयोगमा धारा जडान गरिएको बताए ।

उनले वडा नं ७ मा दुई सय ५० धारा जोडिसकिएको र हाल २४ धारा जोडिएको जानकारी दिए । सीमान्तकृत माझी मुसहर समुदायको न्यूनतम आवश्यकता पूरा गर्न वडा कार्यालय सधैँ प्रतिबद्ध रहेको उनको भनाइ छ । रत्ननगर खानेपानीका अध्यक्ष माधवप्रसाद अर्यालले पैसा नभएर खानेपानी जडान गर्न नसक्ने समुदायलाई संस्थाले ५० प्रतिशतसम्म अनुदान दिँदै आएको उल्लेख गरे । उनले स्थानीय सरकार र सामुदायिक वनसँग सहकार्य गरी विभिन्न समुदायलाई शतप्रतिशत अनुदानमा धारा जडान गरिएको र यसरी धारा जडान गरेका घरधुरीको सङ्ख्या चार सयको हाराहारीमा पुगेको बताए ।

बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले मुसहर समुदायको विकासको लागि सामुदायिक वनले धेरै कुरामा सहयोग गर्दे आएको बताए । उनले यहाँको बालबालिकालाई विद्यालयमा बालकक्षा सञ्चालन, सुधारिएको चुलो, बस्तीमा मोज्याक टायल, विद्युत्का लागि मिटर बक्स जडान गरेको उल्लेख गरे ।

सामान्य आधारभूत कुरामा पछाडि परेको यस समुदायका व्यक्तिलाई स्वरोजगार बनाउनका लागि वनसँगै विभिन्न संस्थाले पनि सहयोग गर्दे आएको र यसले उनीहरुको जीवनस्तरमा सुधार आउन थालेको बताए । यस बस्तीमा मानिसको जीवनस्तर उकास्नका लागि परम्परागत पेसा माछा मार्नेभन्दा अन्य पेसामा संलग्न गराउनका लागि वनले पहल गर्दै आएको उनकोे भनाइ छ ।

नगर प्रमुख प्रह्लाद सापकोटाले पालिकाका नागरिकलार्ई स्वच्छ खानेपानी दिन तथा नगरवासीको आधारभूत आवश्यकता पूरा गर्ने दायित्व स्थानीय सरकारको रहेको भन्दै यसमा लगानी गर्न पालिका तयार रहेको बताए । उनले नागरिकको न्यूनतम आवश्यकता पूरा गरेपछि मात्र विकासको कामले प्राथमिकता पाउने उल्लेख गरे ।

बेरोजगारको समस्या समाधान गर्नका निमित्त नगर प्रमुख उद्यमशीलता कार्यक्रमअन्तर्गत उद्यम गर्न मन लागेको व्यक्तिले बिना ब्याजको रु तीन लाखसम्म प्राप्त गर्नसक्ने प्रमुख सापकोटाले जानकारी दिए । आर्थिक अभावका कारणले कोही पनि नगरवासी खाली हात बस्न नपर्ने उनकोे भनाइ थियो । खानेपानीमा पालिकाले एकमुष्ट अनुदान हालेको भन्दै उहाँले हाल मासिक रु ९० खानेपानीको शुल्क रहेको र माझी मुसहर बस्तीमा सो शुल्क घटाउनका लागि पहल गर्ने प्रतिबद्घता व्यक्त गरे ।

वि.सं.२०८१ भदौ ४ मंगलवार १६:२० मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...