back
CTIZAN AD

अर्जुनचौपारी गाउँपालिकामा पुस्तकालय स्थापना

वि.सं.२०८१ भदौ ४ मंगलवार

1.5K 

shares

वालिङ (स्याङ्जा) । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको प्रशासकीय भवनभित्रै पुस्तकालय स्थापना गरिएको छ । विश्व हिन्दू युवा सङ्घले गाउँपालिकाको व्यवस्थापन तथा सहयोगमा पुस्तकालय स्थापना गरेको हो ।

विशेषगरी धर्म, संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले संस्कृत भाषाका पुस्तकसहित अन्य पुस्तक पुस्तकालयमा राखिएको विश्व हिन्दू युवासङ्घ स्याङ्जाका अध्यक्ष नवराज पौडेलले बताए ।

“धर्म, संस्कार, संस्कृतिको संरक्षणसँगै यसको प्रचारप्रसार गर्ने, यसको महत्वका बारेमा सर्वसाधारणलाई सुसूचित गराउनुपर्ने आवश्यकता ठानेका छौँ”, उनले भने, “विशेषगरी युवापुस्तालाई धर्म संस्कार, संस्कृति तथा इतिहासका बारेमा जानकारी गराउनसके संस्कार संस्कृतिको संरक्षणमा ठूलो टेवा पुग्नेछ ।”

पुस्तकालयमा धर्म, संस्कार, संस्कृति, इतिहास, साहित्य तथा अङ्ग्रेजी माध्यमका विभिन्न सात सय पुस्तक राखिएका छन् । पुस्तकालयमा पुगेका जुनसुकै पाठकले पनि आफूलाई अनुकूल हुने खालका पुस्तक पढ्न पाउने भएका हुन् ।

गाउँपालिकाले विश्व हिन्दू युवासङ्घसँगको सहकार्यमा गाउँपालिका कार्यालयमा पुस्तकालय स्थापनागरी सञ्चालनमा ल्याएको गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले बताए । पुस्तकालय सञ्चालन तथा व्यवस्थापन गाउँपालिकाले गरेको छ । “पुस्तकालयमा सबै प्रकारका पाठकहरुको रुचिका पुस्तक राखेका छौँ”, उनले भने, “आगामी दिनमा थप महत्वपूर्ण र बहुउपयोगी हुने पुस्तक थप गर्दै जानेछौँ ।”

गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीले फुर्सदको समयमा आफूलाई रुचि भएका पुस्तक पढ्न पाउने र पढ्ने बानीको विकास गर्नका लागि पनि कार्यालय परिसरभित्रै पुस्तकालय स्थापना गरिएको उनले बताए । कार्यालय खुलेका दिनमा कार्यालय अवधिभर पुस्तकालय खुला हुनेछ ।

पछिल्लो समय संस्कार, संस्कृति तथा नैतिक शिक्षाको खडेरी पर्दै जाँदा यसको संरक्षण, सम्वद्र्धन र पछिल्लो पुस्तालाई संस्कारयुक्त बनाउनका लागि संस्कार शिक्षा पढाउन थालेको पालिकाले नागरिकलाई सुसूचित बनाउनका लागि पनि पुस्तकालयले सहयोग पुग्ने उनले बताए ।

वि.सं.२०८१ भदौ ४ मंगलवार १७:०५ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...