back
CTIZAN AD

असुरक्षित बन्दै त्रिभुवन विश्व विद्यालय

वि.सं.२०८१ भदौ ५ बुधवार

876 

shares

काठमाडौँ । शिक्षामन्त्री विद्या भट्टराईले बुधवार टेलिफोनमार्फत धम्की आएको भन्दै सुरक्षा माग गरेपछि त्रिभुवन विश्वविद्यालयमा समाजशास्त्र विभागको विभागीय प्रमुख नियुक्तको लफडा छताछुल्ल भएको छ ।

त्रिभुवन विश्व विद्यालयमा समाजशास्त्र केन्द्रीय विभागको विभागीय प्रमुख युवराज लुइँटेलको कार्यकाल गत शुक्रवार नै सकिएको थियो । विभागीय प्रमुखको कार्यकाल सकिएपछि मानविकी तथा समाजशास्त्र सङ्कायले नयाँ डिनको नियुक्तिको लागि सिफारिस गरेको थियो ।  तर असन्तुष्ट पक्षले सो सङ्कायकी डिन कुसुम शाक्यले कार्यविधि मिचेर विभागीय प्रमुखको नाम सिफारिस गरेकोभन्दै नियुक्तिको निर्णय हुन नसकेको त्रिविवि स्रोतले जानकारी दिएको छ ।

त्रिविविको कार्यविधिमा ज्येष्ठता र वरिष्ठताका आधारमा विभागीय प्रमुख नियुक्त हुने व्यवस्था छ । नयाँ नियुक्ति गर्ने कार्यविधि अनुसार छनौट समितिले विभागीय प्रमुखको पहिलो नम्बरमा सह–प्राध्यापक पासाङ शेर्पा र दोस्रो नम्बरमा सह–प्राध्यापक टिकाराम गौतमलाई सिफारिस गरेको थियो । तर, डिन शाक्यको रोजाइमा दोस्रो नम्बरका गौतम परेपछि विवाद सुरु भएको थियो । वरिष्ठताको आधारमा पहिलो नम्बरमा रहेका शेर्पा एमाले निकट र दोस्रो नम्बरमा रहेका गौतम काँग्रेस निकट मानिन्छन् । डिन शाक्यले पासाङ छ महिना अगाडि मात्र त्रिचन्द्र क्याम्पसबाट सरुवा भएर आएको भन्दै गौतमलाई सिफारिस गरेको स्रोतले जानकारी दिएको छ । गौतम लामो समयदेखि त्रिविको केन्द्रीय क्याम्पसमा कार्यरत छन् ।

तर, कार्यकारी परिषद्ले छनौट समितिबाट सिफारिस भएका गौतमलाई विभागीय प्रमुख बनाउन अस्वीकार गरेका कारण धम्की आउन थालेको त्रिविवि स्रोतले बताएको छ ।
यता शेर्पा पक्षधरले विभागीय प्रमुखको सिफारिस नियमसङ्गत नभएको आरोप लगाएका छन् । उनीहरूले एक नम्बरमा भएका शेर्पालाई विभागीय प्रमुख नियुक्त नगरेर डिनले अन्याय गरेको बताएका छन् । उनीहरू काँग्रेस निकट गौतमलाई सिफारिस गरेकोमा शिक्षा मन्त्री विद्या भट्टराईसँग समेत आक्रोशित छन् ।

त्रिभुवन विश्व विद्यालयका एक प्राध्यापकका अनुसार गौतमलाई विभागीय प्रमुखमा नियुक्ति नगरे त्यसको परिणाम राम्रो नहुने भन्दै शेर्पा समूहले धम्की दिने गरेको बताएका छन् । त्यो समूहले पदाधिकारीले एकमतका साथ गौतमलाई विभागीय प्रमुख बनाउने सिफारिस गरेकाले कार्यकारी परिषद्लेले अड्को थाप्न नहुनमा जोड दिएका छन् । स्मरण रहोस् निवर्तमान प्रचण्ड नेतृत्वको सरकारले दोस्रो नम्बरमा रहेका केशरजंग बराललाई त्रिविविको उपकुलपति नियुक्त गरेको थियो ।

यता गौतमलाई केहीले विद्यार्थीका प्रिय पात्र भनेका छन् भने केहीले विद्यार्थीलाई उचालेर त्रिविविलाई अनिर्णयको बन्दी बनाउन खाजेको आरोप लगाएका छन् । शिक्षा मन्त्रीले आफ्नो चाहानामा गौतमलाई विभागीय प्रमुख बनाउन खोजेको एमाले निकटहरुको भनाइ छ ।

वर्तमान शिक्षा मन्त्री भट्टराई एमाले नेतृ हुन् । वर्तमान सांसद हुनुअघि उनी त्रिविविमा अध्यापन गराउँथिन भने तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परेर निधन भएपछि उनी प्राध्यापन पेसा छोडेर राजनीतिमा आएकी हुन् ।

असुरक्षित बन्दै त्रिविवि
त्रिविविमा धम्की र आक्रमण नयाँ कुरो होइन । केही समय अगाडि प्राध्यापक प्रेम चलाउनेलाई त्रिविवि परिसरमै आक्रमण भएको थियो । नेविसंघ सम्बद्ध केही व्यक्तिहरूले चलाउनेलाई आक्रमण गरेर शक्त घाइते बनाएका थिए । ती आक्रमणकारीलाई नेपाली काँग्रेसले संरक्षण गरेर उन्मुक्तिको प्रयास गरेको थियो । तर, अदालतको आदेशले ती आक्रमणकारी जेलमा छन् ।

त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस ठमेलमा रहेको सरस्वती क्याम्पसमा परीक्षा हलमा गैर परीक्षार्थी छिरेर अध्यापकमाथि हातपात गरेका थिए । अध्यापकमाथि हातपात भएपछि सो क्याम्पसको परीक्षा केन्द्र रद्द गरिएको छ । सत्तारूढ एमालेनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य किङ्गा शेर्पाले परीक्षा निरीक्षक रहेका अध्यापक भीम सुवेदीलाई हातपात गरेको थिए ।

त्रिविवि अन्तर्गतका क्याम्पसहरूमा राजनीतिको आबरणमा सदिऔदेखि कुटपिट र धम्कीका घटनाहरू हुने गरेको सार्वजनिक भइरहँदा राजनीतिक नेतृत्व भने कानमा तेल हालेर बसेको देखिन्छ ।

वि.सं.२०८१ भदौ ५ बुधवार १६:३९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...