back
CTIZAN AD

केदारनाथको शिर मानिएको डोलेश्वरमा दर्शनार्थीको भीड

वि.सं.२०८१ भदौ ६ बिहीवार

1.3K 

shares

भक्तपुर । केदारनाथको शिर मानिएको डोलेश्वर महादेव मन्दिरमा आज बिहानदेखि भीड लागेको छ । मन्दिरका चारवटै ढोका बिहान ४ बजेदेखि नै खुला छन् ।

सूर्यविनायक नगरपालिका‐८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर भाग घोषणा गरिएको दिन मन्दिरका चारै ढोका खुला गर्ने र डोलेश्वरको शिलामा पूजा गर्न पाउने व्यवस्था गरिएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिए ।

मन्दिरमा बिहान ४ बजेदेखि चारवटै ढोका खुला गरेर दर्शनको व्यवस्था गरेको र बिहानैदेखि दर्शनार्थीको भीड लागेको बताउदै उनले डोलेश्वर मन्दिरमा महाशिवरात्रि, अक्षय तृतीया र भदौ ६ गते हरेक वर्ष तीन दिन मात्र मन्दिरका चारवटै ढोका खुला गरेर शिला छोएर पूजा गर्नेे व्यवस्था मिलाइएको जानकारी दिए ।

यसैबीच, डोलेश्वरमा गत साउन १ गतेदेखि सञ्चालन भएको श्रावणी मेला आज समापन हुँदैछ । समितिले भगवान् शिवको विशेष महिना मानिने साउन १ गते स्थानीय चन्द्रविनायक मन्दिरबाट डोलेश्वर महादेवसम्म कलशयात्रा गरी सुरु भएको श्रावणी मेला पनि आज समापन हुदैछ ।

सार्वजनिक बिदा

डोलेश्वर महादेव मन्दिरलाई भदौ ६ गते केदारनाथको शिर घोषणा गरिएको दिन भएकाले आज सूर्यविनायक नगरपालिकाले नगर पालिका क्षेत्रमा सार्वजनिक बिदाको दिएको छ ।

सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वरलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न वडा कार्यालयले समितिसँग छलफल गरिरहेको बताए । विक्रम संवत् २०६६ साल भदौ ६ गते मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो ।

वि.सं.२०८१ भदौ ६ बिहीवार १०:४४ मा प्रकाशित

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धार्मिक पर्यटकको आकर्षण बन्दै एक सय ८ धारा

धरान (सुनसरी) । सुनसरीको रामधुनी नगरपालिका–४ स्थित ऐतिहासिक तथा धार्मिक...

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

हत्या आरोपमा एकै घरका तीन जना पक्राउ

खोटाङ । खुकुरी प्रहारबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खास्थित मोरियाका ३८...

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

हट्यो दाउन्नेको सास्ती, सहज बन्दै नारायणघाट–बुटवल यात्रा

मध्यविन्दु (नवलपरासी) । गत वर्षसम्म सामान्य वर्षा हुँदा पनि घण्टौँ...

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

जेन्जी अभियन्ता रक्षा वमको भावुक स्टाटस: “अलविदा गणेश, धेरै सतायो यो राज्यले, अब आराम गर”

काठमाडौं ।  जेन्जी अभियन्ता रक्षा वमले गणेशको आत्मदाह घटनापछि सामाजिक...

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो  : प्रधानमन्त्री शाह

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगिकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण,...

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

दक्षिणपूर्वका मुलुकबाट ८३६ जना नेपालीको उद्धार

काठमाडौँ । सरकारले दक्षिणपूर्वका कम्बोडिया, म्यानमार, लावस र थाइल्याण्डको सीमा...