back
CTIZAN AD

भ्रष्टाचारको मुद्दामा कुनै किसिमको हद म्याद राख्न मान्य छैन : सभापति लामिछाने

वि.सं.२०८१ भदौ ६ बिहीवार

765 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारको मुद्दामा कुनै पनि किसिमको हदम्याद लागू हुन नदिने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद लामिछानेले सरकारले भ्रष्टाचारको मुद्दामा पाँचवर्षे हदम्याद राख्ने विधेयकप्रति आपत्ति जनाए । उनले भने, “भ्रष्टाचारको कुनै पनि हदम्याद मान्य हुने छैन । यस विषयमा ‘नो इफ, नो बट’ हाम्रो कुरा ‘क्लियर कट’ ।” सरकारले नीतिगत भ्रष्टाचारको विषयमा परिभाषा समेत प्रस्ट पार्नुपर्ने सभापति लामिछानेले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद रोशन कार्कीले आफ्नो पार्टी भ्रष्टाचारीलाई छुट दिनु हुँदैन भन्नेमा प्रस्ट रहेको बताए । उनले भने, “भ्रष्टाचारीलाई छुट दिनु हुँदैन । हदम्याद राख्नु हुँदैन भन्नेमा हामी प्रस्ट छौँ ।”

नेकपा (माओवादी केन्द्र)का सांसद शक्तिबहादुर बस्नेतले देशमा ८२ प्रतिशत स्थानमा बस्ती प्राकृतिक विपत् ग्रस्त क्षेत्र भएको उल्लेख गर्दै विपत्मा भूकम्पबाट पीडित जाजरकोटवासीलाई तुरुन्तै अस्थायी आवासको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसदहरु सुमना श्रेष्ठ, राजकिशोर यादव, सुशीला थिङ, सरस्वती बजियम, रामकुमार राई, अम्रेसकुमार सिंह, शङ्कर भण्डारी, प्रेमबहादुर महर्जन, ईश्वरबहादुर रिजाल, मैना कार्की, अब्दुल खान, रामहरि खतिवडालगायतले विपत् व्यवस्थापन र सवारी दुर्घटना जोखिम न्यूनीकरणका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

वि.सं.२०८१ भदौ ६ बिहीवार १५:४१ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...