back
CTIZAN AD

अखिल क्रान्तिकारी नवलपुरको अधिवेशन सम्पन्न

वि.सं.२०८१ भदौ ९ आइतवार

1.1K 

shares

नवलपुर । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले हासिल गरेको ज्ञानलाई अर्थपूर्ण रूपमा जीवनमा लागु गर्ने व्यक्ति विद्यार्थी हुन सक्ने बताए । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी) नवलपुरको १७औँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सापकोटाले राजनीतिको ज्ञान भएका व्यक्तिले जुनसुकै सङ्घसंस्था र जिम्मेवारको नेतृत्व गर्न सक्ने भन्दै विद्यार्थीलाई यो अनिवार्य सर्त भएको बताए । उनले अखिल क्रान्तिकारी शिक्षामा देखिएको व्यापारीकरण अन्त्यका लागि एक जुट हुनुपर्नेमा समेत जोड दिए ।

सम्मेलनमा अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष द्वय नारायण खनाल, पवन कार्की, गण्डकी प्रदेश इन्चार्ज नारायण बढाल, गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेल, सङ्गठनका पूर्व अध्यक्षहरू, जन वर्गीय सङ्गठनका प्रतिनिधिहरू, मित्र पार्टी निकट सङ्गठनका प्रतिनिधिहरूको उपस्थिति थियो ।

भेलाले आयुष ढकालको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा शिशिर पाण्डे, पारश भट्टराई, सचिवमा गणेश तिवारी र कोषाध्यक्षमा निशा मगरलाई चयन गरेको छ ।

वि.सं.२०८१ भदौ ९ आइतवार १२:४६ मा प्रकाशित

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

भूमिगत विद्युतीकरणअन्तर्गत ११ केभी लाइन ‘चार्ज’ गरिँदै

चितवन । भरतपुरमा भूमिगत विद्युतीकरणको क्षेत्रमा रहेका ११ केभी क्षमताको...

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

नेपाल गुणस्तर चिह्न लिन उद्योगी तथा व्यवसायीलाई उद्योगमन्त्रीको आग्रह

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले स्वदेशी उत्पादनको...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान !

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव आज पनि कायम रहेको...

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

परराष्ट्र सेवाका अधिकृतलाई विभिन्न देशका भाषा सिकाउन प्रशिक्षण सुरु

काठमाडौँ । नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता...

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...