back
CTIZAN AD

बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्न प्रधानमन्त्रीको जोड

वि.सं.२०८१ भदौ ९ आइतवार

600 

shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औँ सभा बैठकमा सो विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको यस विश्वविद्यालयले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । उनले नेपालीको चेतना, गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकाले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए ।

“बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन वस्त्र लगाएर मात्रै हुँदैन । यस्का लागि ज्ञान र मन चाहिन्छ,” प्रधानमन्त्री ओलीले भने, “हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ । हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ । दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौँ र सफलतामा पुग्न सक्छौँ ।”

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई सहभागी बैठकले आगामी मङ्सिरमा हुने तेस्रो दीक्षान्तका लागि दुई सय ८५ विद्यार्थीको ‘ग्रेस लिस्ट’का साथै चालू आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ ।

वि.सं.२०८१ भदौ ९ आइतवार १४:३२ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...