back
CTIZAN AD

नारायणगढ बजार २४सै घण्टा खुल्ला गर्न व्यवसायीहरुको माग

वि.सं.२०८१ भदौ ९ आइतवार

690 

shares

नारायणगढ (चितवन) । यहाँका व्यवसायीले नारायणगढ बजार २४सै घण्टा खुला गर्न माग गरेका छन् । शनिबार नारायणगढमा सम्पन्न होटल व्यवसायी सङ्घ चितवनको २८औँ साधारणसभामा व्यवसायीले नारायणगढ बजार सुनसानझैँ भएकाले चहलपहल बढाउन २४सै घण्टा होटल तथा बजार खुला राख्न माग गरेका हुन् ।

विगतमा नारायणगढको पूल्चोक बजार सधैँ खुला रहेको स्मरण गर्दै होटल व्यवसायी सङ्घ चितवनका पूर्वअध्यक्ष इमान्दु बरालले देशकै केन्द्रविन्दुमा रहेको पुल्चोक फेरि २४सै घण्टा खुला राख्नुपर्ने बताए । उनले भरतपुर भ्रमण वर्षले यहाँका होटलको अवस्थामा केही सुधार भएको उल्लेख गरे । होटलमा दक्ष जनशक्तिको अभावका कारण व्यवसाय सञ्चालन गर्न समस्या हुने गरेको उनकोे भनाइ थियो । उनले भने, “होटलमा केही समय काम गर्न आउने सिक्ने अनि विदेशतिर जानेकोे जमात धेरै छ । अहिले होटल विदेश जानका लागि तयार गर्र्ने थलोजस्तो भएको छ ।”

उनले देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा चिनिएको नारायणगढ बजार अहिले ७० प्रतिशत खाली रहेको जानकारी दिए । पार्किङको समस्याले गर्दा पनि व्यवसायी पलायन हुने अवस्था भएको उनले बताए । नारायणी नदी किनारमा रहेका साना अव्यवस्थित घुम्ती होटललाई व्यवस्थित गरी नारायणी किनारलाई सुन्दर बनाएर नारायणगढको पहिचानको रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो । बरालले बजारलाई चलायमान बनाउन २४सै घण्टा खुलाएर सेवा दिनुपर्नेे धारणा राखे ।

उद्योग वाणिज्य सङ्घ चितवनका कार्यवाहक अध्यक्ष चिरञ्जीवी सुवेदीले भरतपुर भ्रमण वर्षले प्रत्यक्ष फाइदा होटल व्यवसायीलाई भएको र अप्रत्यक्ष रुपमा सबै व्यवसायीलाई फाइदा भएको बताए । उनले नारायणगढ बजारको अवस्था पार्किङको कारणले अस्तव्यस्त भएको हुँदा वैकल्पिक व्यवस्था गरिनुपर्ने बताए । सङ्घले व्यवसायीहरूको समस्या समाधानका लागि विभिन्न काम गर्दै आएको र समस्या समाधानमा सबै व्यवसायी जुट्नुपर्ने उनकोे भनाइ थियो ।

होटल व्यवसायी महासङ्घका अध्यक्ष दिनेशकुमार चुकेले जुनसुकै व्यवसायमा पनि काम गर्ने जनशक्ति अभाव रहेको उल्लेख गरे । उनले जनशक्ति उत्पादनका लागि एकद्वार प्रणलीबाट तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । स्थानीय तहहरूले दिने तालिममा होटल व्यवसायी संलग्न भएर तालिम लिने वातावरण हुनुपर्ने र यसलाई व्यावहारिक बनाउनुपर्ने बताए । उनले भने, “तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । जसले गर्दा तालिम लिएका आधा बाहिर गए पनि आधा जनशक्तिले यहीँ काम गर्ने अवसर पाउँछन् ।”

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर भ्रमण वर्षले यहाँका होटल व्यवसायीलाई टेवा पुगेकोे बताईन् । उनले यहाँको होटल तथा पर्यटन चलायमान बनाउन भ्रमण वर्षको अवसरमा वन्यजन्तु उद्धार केन्द्रमार्फत पाटेबाघ हेर्ने सुविधा, भारतीय पर्यटकलाई सहज आवागमनका लागि ठोरी भन्सार सञ्चालन, दियालो बङ्गला दरबार खुला गरिएको बताईन ।

उनले भ्रमण वर्षकै अवसरमा आगामी कात्तिकमा धार्मिक महोत्सव गर्न लागिएको जानकारी दिईन् । त्यसैगरी भ्रमण वर्ष समापनमा खाना महोत्सव गरिने उनले बताए । नारायणढमा भएको पार्किङलगायतका समस्या समाधान गर्न स्थानीय, व्यवसायी र महानगरको छलफलबाट समाधान खोजिने आश्वासन उनले दिईन् ।

 

वि.सं.२०८१ भदौ ९ आइतवार १५:३५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...