back
CTIZAN AD

सरकारले दूरसञ्चारलाई पत्र नपठाउँदा टिकटक चलेन

वि.सं.२०८१ भदौ ११ मंगलवार

1K 

shares

काठमाडौँ । सरकारले टिकटकमाथि दगाएको प्रतिबन्ध फुकुवा गरे पनि टिकटक अझै सञ्चालनमा आउन सकेको छैन । सरकारले औपचारिक रूपमा पत्राचार नगर्दा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले प्रतिबन्ध कायमै राखेका छन् ।

भदौ ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सर्तसहित टिकटक खोल्न दिने निर्णय गरेको बताएका थिए ।

यसअघि गत कात्तिक २७ गते तत्कालीन सरकारले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । त्यति बेला पनि टिकटकले विभिन्न सर्तहरू मानेमा प्रतिबन्ध हटाउने सरकारले बताउँदै आएको थियो ।

वर्तमान सरकारले यस विषयमा हालसम्म दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणलाई भने पत्राचार गरेको छैन । प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले हालसम्म प्रतिबन्ध हटाउन प्राधिकरणलाई पत्र नआएको बताए ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक ब्लक नगर्न वा टिकटकमा पहुँच दिन निर्देशन दिएपछि मात्रै टिकटक औपचारिक रूपमा चल्छ ।

वि.सं.२०८१ भदौ ११ मंगलवार १७:२६ मा प्रकाशित

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

डना तालको जोखिमबारे तत्काल वैज्ञानिक अध्ययन गर्न देव गुरुङको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रिय कार्य संयोजन समितिका...

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड आज, ९ विधामा सम्मान गरिँदै

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा एनएसजेएफ...

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

भोटेकोशी बाढीले एनसेललाई ९ करोडभन्दा बढी क्षति, ३ लाख ग्राहकलाई निःशुल्क सेवा

काठमाडौं । भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका...

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...