back
CTIZAN AD

युएईमा मृत्यु भएका कृष्णको शव ल्याउन समस्या

वि.सं.२०८१ भदौ १४ शुक्रवार

1.1K 

shares

काठमाडौँ । युएईमा मृत्यु भएका २४ वर्षीय कृष्णप्रसाद पाण्डेको शव ल्याउन आर्थिक अभावका कारण समस्या भएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७, घर भएका पाण्डे दुई वर्षअघि भिजिट भिसामा युएई गएका थिए । उनी गत भदौ ९ गते आबुधाबी सहरमा मृत फेला परेका थिए ।

युएईको प्रहरीले सडक छेउ फेला परेको उनको शव आबुधाबीको अस्पतालमा बुझाएको थियो । उनको मृत्युको कारण भने खुलेको छैन ।

अहिले विदेशबाट शव फिर्ता ल्याउन एक लाख रुपैयाँ आवश्यक परेको मृतकका दाइ नाता पर्ने शशिधर पाण्डे बताए । तर, परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा जुटाउन समस्या भएको उनको भनाइ छ । मृतक पाण्डेका बुबा–आमा र श्रीमती भारतमा मजदुरी गरेर बसिरहेका छन् ।

मृतकका दाइ शशिधरका अनुसार सुरुमा शव फिर्ता ल्याउन दुई लाख हाराहारी लाग्ने भनिएको थियो । तर कृष्ण कार्यरत रेष्टुरेष्टले एक लाख रुपैयाँ सहयोग गरिदिने भएपछि बाँकी पैसा परिवारले व्यहोर्नुपर्ने भएको उनले बताए ।

वि.सं.२०८१ भदौ १४ शुक्रवार १०:४७ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...