back
CTIZAN AD

मोरङमा केराघारीभित्र दुई बालिका मृत फेला

वि.सं.२०८१ भदौ १६ आइतवार

1K 

shares

काठमाडौँ । मोरङमा दुई बालिका मृत अवस्थामा फेला परेका छन् । उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

सुन्दरहरैँचा नगरपालिका–७ निवासी अर्जुन कार्की र अस्मिता पौडेल (कार्की)का एक वर्षीया छोरी अर्पणा र तीन वर्षीया आयिका घर नजिकै केराघारीभित्र शनिवार मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले आमा २९ वर्षीया अम्मिता बेपत्ता रबेको बताए । मृत भेटिएका दुई बालिकाका बुवा अर्जुनले पति–पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब साढे ८ बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन् ।

घर नजिकै स्थानीय नारायण न्यौपानेको केराको बगैँचाभित्र दुई बालिकाको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र चार छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए ।

बालिकाहरुको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा फेला परेको डीएसपी बस्नेतले बताए । बालिकाको शवमा कुनै बाहिरी चोट पटक छैन । छोरीहरुको शव फेला परे पनि अस्मिता कहाँ गइन् केही नखुलेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८१ भदौ १६ आइतवार १२:२३ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...