back
CTIZAN AD

गैँडा चोरी सिकारीमा फरार ३४ जना पक्राउ

वि.सं.२०८१ भदौ १६ आइतवार

600 

shares

चितवन । चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी सिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ । एक वर्षमा चोरी सिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो ।
निकुञ्जले गतवर्ष सालकको खपटाको चोरी सिकारी गरेको अभियोगमा छ जनालाई पक्राउ गरेको थियो । यस्तै खाल्डो बनाएर दुई गैँडा मारेको अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सफल भएको थियो । चोरी सिकारी नियन्त्रण अभियानमा महत्वपूर्ण काम भएको भन्दै निकुञ्जका अधिकारीलाई ज्यानु वसन्तराज मिश्र फाउण्डेसनले रु तीन लाखसहित सम्मान गरेको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुन, संरक्षण अधिकृत दिवेश श्रेष्ठ र घडियाल प्रजनन केन्द्रका कर्मचारी प्रेम शर्मा नगदसहित सम्मानित भएका हुन् । फाउण्डेसनले उनीहरुलाई वातावरण संरक्षण पुरस्कार प्रदान गरेको हो ।

प्रमुख संरक्षण अधिकृत पुनले भने, “गत आवमा संरक्षणका क्षेत्रमा हामीले महत्वपूर्ण काम गरेका छौँ । एक वर्षमा ३४ जना चोरी सिकारीमा संलग्न भई फरार अभियुक्त पक्राउ गरिएको यो पहिलो उपलब्धि हो । यसै गरी खगेन्द्र मल्लीभित्रको सत्तरचुली क्षेत्रमा दुईवटा गैँडा खाल्डामा पुरेर चोरी सिकार गरिएका अभियुक्तलाई नौ दिनभित्र पक्राउ गर्न सकेका थियौँ ।” उहाँका अनुसार सालकको चोरी सिकारी गर्ने छजनालाई पक्राउ गरिएको छ ।

प्रमुख संरक्षण अधिकृत पुनले निकुञ्ज प्रशासन र सुरक्षार्थ खटिएका नेपाली सेनासँगै मध्यवर्ती क्षेत्रका बासिन्दाको संयुक्त प्रयासले चोरी सिकार नियन्त्रण अभियान प्रभावकारी बनाउन सकिएको बताए । संयुक्त प्रयासका कारण निकुञ्जले ठूलो पुरस्कार पाउन सफल भएको उनको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्ज दुर्लभ एक सिङ्गे गँैंडा र पाटेबाघका लागि प्रख्यात मानिन्छ । यससँगै अन्य वन्यजन्तुको संरक्षण र मध्यवर्तीका बासिन्दासँगको सम्बन्ध सुमधुर बनाएर वन र वन्यजन्तु संरक्षणमा आँफूहरु लागि परेको पुनले जानकारी दिए ।

“यो निकुञ्जमा घडियाल प्रजनन केन्द्र पनि छ । राप्ती र नारायणी नदी किनारमा गोहीको अण्डा सङ्कलन गरेर यहाँ बच्चा कोरल्ने गरिन्छ । ती बच्चालाई हुर्काएर नदीमा छोड्ने गरिन्छ”, प्रमुख संरक्षण अधिकृत पुनले भने, “पर्या–पर्यटनका हिसाबले यो निकुञ्जलाई मुलुकको महत्वपूर्ण निकुञ्जका रुपमा लिने गरिन्छ । नेपाल आउने पर्यटकको सफारीको महत्वपूर्ण गन्तव्यका रुपमा यो निकुञ्ज छ ।”

वि.सं.२०८१ भदौ १६ आइतवार १३:४४ मा प्रकाशित

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

‘खानेपानी अभावपछि गाउँ खाली हुन थाल्यो’

पाँचथर । कुनै समय यहाँको तुम्बेवा गाउँपालिका–१ ढुकुरेमा बाक्लो बस्ती...

दुई विधेयक स्वीकृत

दुई विधेयक स्वीकृत

कर्णाली । कर्णाली प्रदेश सरकारले दुई विधेयक स्वीकृत गर्ने निर्णय...

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

खेल पर्यटन प्रवद्र्धन प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय अर्थतन्त्रलाई सुदृढ...

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

‘निर्वाचित जनप्रतिनिधिले वाचा कार्यान्वयनका लागि तयार हुनुपर्छ’

घोडाघोडी (कैलाली) । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राष्ट्रिय स्वतन्त्र...

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

मेसिनबाट धान रोपाइँमा किसानको आकर्षण

नारायणगढ (चितवन) । चितवनमा यतिबेला चैते धान रोपाइँको चटारो छ...