back
CTIZAN AD

प्रतिनिधिसभा बैठक : चट्याङको जोखिम न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण

वि.सं.२०८१ भदौ १८ मंगलवार

801 

shares

काठमाडौँ । सांसद सुशीला थिङले सिन्धुलीको मरिन गाउँपालिका–७ बाह्रबिसेमा चट्याङका कारण गोठालो जाँदा चन्द्रबहादुर माझीको मृत्यु भएको विषयमा सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै उनले भनिन्, “पहिलेको तुलनामा बढी चट्याङ पर्नाका कारण जलवायु परिवर्तन रहेछ, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार नेपालमा पछिल्लो १० वर्षमा २० हजार तीन सय ८० चट्याङ पर्दा आठ सय ६६ जनाले ज्यान गुमाउनु परेको रहेछ, दुई हजार पाँच सय ७५ जना घाइते भएको रहेछ ।”

उनले पछिल्लो १० वर्षभित्रमा चट्याङ्का कारण तीन हजार दुई सय ४५ पशुचौपायाको क्षति भएको र तीन हजार ७५ घर परिवार प्रभावित भएको तथ्यसमेत प्रस्तुत गरिन् । नेपाल प्रहरीको तथ्याङ्कअनुसार बर्सेनी औसतमा ७७ जनाले चट्याङको कारण ज्यान गुमाएको सांसद थिङको भनाइ छ । “यो तथ्य हेर्दा कहालिलाग्दो भएका कारण सरकारले तत्काल चट्याङ्को जोखिम क्षेत्र अध्ययन गरी चट्याङको जोखिम न्यूनीकरण गर्न, न्यूनीकरणको उपाय तथा पूर्वतयारी तत्काल गरियोस् भनी म नेपाल सरकारसँग जोडदार माग गर्दछु”, उनले भनिन् ।

उनले पछिल्लो समयमा भएको अविरल वर्षाका कारण मदन भण्डारी राजमार्गको सिन्धुली जिल्ला कमलामाई नगरपालिका–१ अन्तर्गत २० मिटर सडक दुई फिट भासिँदा सडकमुनि रहेका पाँच घर जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले तत्काल उक्त सडक मर्मत गर्न सडक विभागको ध्यानाकर्षण गराउँदै उक्त जोखिममा रहेका घरपरिवारलाई उचित राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग जोडदार माग गरिन् ।

वि.सं.२०८१ भदौ १८ मंगलवार १४:५५ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...