back
CTIZAN AD

हामेश रोड्रिग्वेज म्यान्चेष्टर युनाइटेड जादै

वि.सं.२०७४ जेठ ५ शुक्रवार

1K 

shares

 

james५ जेठ, काठमाडौँ । स्पेनिश क्लब रियलम्याड्रिड बाट व्यवसायिक फुटबल खेल्दै आएका कोलम्बियाका चर्चित फुटबल खेलाडी हामेश रोड्रिग्वेजले रियल म्याड्रिड छोड्ने भएका छन् ।

रियल म्याड्रिडका वर्तमान प्रशिक्षक जिनेदिन जिदानको टिममा नियमित फुटबल खेल्न नपाएपछि हामेशले क्लब छोड्ने निर्णय गरेको बताइएको छ । जिदानले हामेशको सट्टामा इस्को, एसेन्सियो जस्ता खेलाडीलाई अवसर दिदै आएका छन् । हामेशलाई क्लबमा भित्राउन इङ्गलिश क्लब म्यानचेष्टर युनाइटेड इच्छुक रहेको र हामेश रोड्रिग्वेज पनि म्यान्चेष्टर युनाइटेड जान तयार भएको पाइएको छ ।
उता इङ्गलिश क्लब म्यान्चेष्टर युनाइटेडबाट पनि भेट्रान कप्तान वायन रुनीले युनाइटेड छोड्ने सम्भावित कारणले पनि म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मौरिन्होले हामेशलाई युनाइटेड भित्राउन चाहेका छन् ।
सन् २०१४ को विश्व कपमा कोलम्बियाको प्रतिनिधित्व गर्दै गोल्डेन बुट अवार्ड जितेपछि राता रात चर्चामा आएका हामेशलाई फ्रेन्च क्लब एएस मोनाकोलाइ ८५ मिलयन युरो तिरेर रियलले आफ्नो क्लबमा भित्राएको थियो ।
स्पेनिश पत्रिका मार्काको अनुसार हामेशको क्लब स्थान्तरणको बारेमा दुइ क्लब बीच सम्झौता भइसेको र जुन ३ मा हुने रियल म्याड्रिड र युभेन्टस बीचको च्याम्पियन्स लिगको फाइनल पश्चात सम्झौताको घोषणा हुने छ ।united

वि.सं.२०७४ जेठ ५ शुक्रवार १०:५१ मा प्रकाशित

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचना सिलवाललाई गामा एसियन च्याम्पियनसिपमा रजत

काठमाडौं । नेपाली खेलाडी रचना सिलवालले मलेसियाको पुत्रजयामा सम्पन्न गामा...

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

स्वर्ण विजेता दिदीबहिनीलाई एक्सटेपको सम्मान

काठमाडौं । बंगलादेशको ढाकामा भएको १० औं दक्षिण एसियाली कराते...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...