back
CTIZAN AD

मुस्लिम समुदायका जुम्ल्याहा छोराले पाउँदैछन् एमबिबिएसको छात्रवृत्ति

वि.सं.२०८१ भदौ २३ आइतवार

1.3K 

shares

वीरगञ्ज ९पर्सा० । पर्साको पकाहाँमैनपुर गाउँपालिका–४ लाहावरथकरी स्थायी घर भई हाल श्रीपुर वीरगञ्जमा बसोबास गर्ने फिरोज राकीको परिवारमा गत शुक्रबारदेखि छुट्टै खुसी छाएको छ । उनका जुम्ल्याहा छोरा नसिम राकी र असिम राकीले चिकित्सा शिक्षा स्नातक तह ९एमबिबिएस० को प्रवेश परीक्षामा छात्रवृत्तिका लागि योग्य भएसँगै परिवारमा एकैसाथ हर्ष र खुसी छाएको हो ।

चिकित्सा शिक्षा आयोगले गत भदौ १४ गते शुक्रबार सार्वजनिक गरेको एमबिबिएसको प्रवेश परीक्षामा राकीका छोरा नसिम राकीले १५८ दशमलव २५ अङ्क ल्याएर देशैभरिमा ५४औँ स्थानमा नाम निकाल्नुभएको छ । त्यस्तै गरी अर्का छोरा असिम राकीले पनि १३८ दशमलव २५ अङ्क ल्याएर तीन सय ७३औँ स्थानमा नाम निकाल्नुभएको थियो । आयोगले भदौ १४ गते सार्वजनिक गरेको नतिजामा सामान्य त्रुटि भएको भन्दै भदौ १६ गते नतिजा सच्याएसँगै असिमले प्राप्त गरेको स्थान तीन सय ६८औँ कायम भएको छ । यद्यपि आयोगले नसिम र असिमले पढ्ने मेडिकल कलेजको सूची भने सार्वजनिक गरिसकेको छैन ।

राकीका जुम्ल्याहा सन्तानले आरक्षणको कोटामा पनि फर्म भरेकाले पनि छात्रवृत्ति पाएर ‘एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा निःशुल्क अध्ययन गर्ने लगभग निश्चित जस्तै छ । मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने राकी परिवारमा खुसी छर्ने काम भने उनकै सन्ततिले गरेका हुन् । “जेठी छोरी डाक्टर नबु र माइला छोरा समिरले पैसा तिरेरै एमबिबिएस अध्ययन गरिरहेका छन्”, उनले भने, “यसपाली त जुम्ल्याहा छोराले झनै छात्रवृत्तिमा नै नाम निकालेपछि त झनै हर्षित भएका छाँै ।”

फिरोज राकी र नसिमा प्रविण त्यस्ता भाग्यमानी बुबाआमा हुनुुहुन्छ । यसको कोखबाट जन्मिएका चारै सन्तानले एमबिबिएस जस्तो प्रतिष्ठित शिक्षा पढ्ने अवसर पाउँदैछन् । “मेरा चारै सन्तान एमबिबिएस अध्ययन गर्ने अवसर पाएका छन”, उनले भने, “मुस्लिम समुदायभित्र रहेर पनि छोराछोरीलाई असल संस्कारसहितको शिक्षादीक्षा दिएकै कारणले यो सम्भव भएको हो ।”

गत वर्ष पनि जुम्लाहा छोराले शुल्क तिरेर एमबिबिएस पढ्नेमा नाम निकाल्नुभएको थियो । तर, शुल्क तिरेरै पढ्नु भएन । थप एक वर्षको मेहनतपछि दुवै छोराले छात्रवृत्तिमा नै पढ्ने अवसर जुरेको छ । एमबिबिएसको प्रवेश परीक्षामा हालसालै नाम निकालेका नसिम राकीले दोस्रो प्रयासमा मात्रै पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएको बताए । “अघिल्लो वर्ष पनि इन्ट्रान्स परीक्षा दिएका थियौँ ।”

“तयारी र समय अभावका कारणले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सकेनौँ”, उनले भने, “बुबाआमाको प्रेरणा र आफ्नो नियमित र निरन्तर अध्ययनकै कारणले छात्रवृत्तिमा नाम निकाल्न सम्भव भएका हौँ । भर्खरै पहिलो खुड्किलो पार गरेका छौँ । अब राम्रोसँग अध्ययन गरेर दिनदुःखी र गरिबीको दुष्चक्रमा परेका उपचार नपाएकाहरुको सेवा गर्ने रहर छ ।”

आफ्नो जुम्ल्याहा भाइसँगै छात्रवृत्तिमा नाम निकाल्नुभएका दाइ असिम राकीको पनि खुसीले हर्षित भएको बताउछन् । “अघिल्लो वर्षमा भएका गल्ती र कमजोरलाई हटाउँदै नयाँ जोश र उमङ्गले अध्ययन गरेकाले पनि यो वर्ष एमबिबिएसको इन्ट्रान्स परीक्षा क्र्याक गर्न सफल भएका हौँ”, उनले भने ।

नसिम र आसिम राकी दुवै १० कक्षा वीरगञ्जकै सामुदायिक विद्यालय माईस्थान विद्यापिठबाट अध्ययन गर्नुभएको हो । उनीहरुले कक्षा ११ र १२ भने ललितपुरको प्रसादी एकेडेमीबाट अध्ययन गरेका थिए ।
बुबा फिरोज आफैँ पनि मेकानिकल इन्जिनियरका रुपमा २५ वर्षभन्दा धेरै समय बिताए । अहिले भने उन वीरगञ्जकै एक शिक्षण संस्थामा अध्यापन गराउँदै आइरहनुभएको छ । छोराछोरीलाई दुःखजिलो गरेर नै अध्ययन गराउँदै आइरहेको उनको भनाइ छ । “मैले २५ वर्षभन्दा धेरै समय नेपालकै प्रतिष्ठित उद्योगी पद्म ज्योतिको हिमाल स्टिलमा काम गर्ने मौका पाए । त्यहाँ मैले परिवार र समाजलाई असल संस्कार दिने कुरा भने धेरै सिक्ने मौका पाए ।”

उनले विगत स्मरण गर्दै भने, “अहिले पनि सामान्य खालकै घरमा बसोबास गर्दै आइरहेको छौँ । मलाई कहिल्यै पनि धन सम्पत्ति जोड्न भन्दा पनि सन्तानको पढाईलाई कसरी राम्रो गराउनेतर्फ मात्रै ध्यान दिदैँ आइरहे । अहिले त्यसैको नतिजा पाएजस्तो अनुभव भइरहेको छ ।”

मदर्सा इस्लामिया प्रसोतिपुर, लालपर्साकी प्रध्यानाध्यापक समेत रहनुभएकी आमा नसिमा प्रविणले पनि असल संस्कारकै कारणले आफ्ना चारै सन्तानले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाएको दावी गरे । “हामीले कहिल्यै पनि चारै जना सन्तानलाई कहिल्यै पनि डाक्टर बन्नुपर्छ भनेर दबाब दिएनौँ”, उनले भने, “जेठी छोरी नबुले एमबिबिएसमा नाम निकालेपछि अन्य भाइले पनि दिदीको सिको गर्दै अघि बढ्दा यो सफलता हात पारेका हुन् ।”

फिरोजका जेठी छोरी डाक्टर नबु प्रविण युनिभर्सल कलेज अफ मेडिकल साइन्सेस भैरहवामा एमबिबिएसको अध्ययन सकेर अहिले इन्टनशीप गरिरहेका छन् । नबुले पनि २०७५ सालमा पैसा तिरेरै एमबिबिएस अध्ययन गरेका हुन् । त्यति मात्रै होइन, फिरोजका माइला छोरा समीर राकी पनि २०८० सालको एमबिबिएसको प्रवेश परीक्षामा पैसा तिरेर पढ्नेमा नाम निकालेर अहिले धरानस्थित बिपी कोइराला इन्ष्टिच्युट अफ हेल्थ साइन्सेसमा पहिलो वर्षमा एमबिबिएस अध्ययनरत छन् ।

आमा नसिमा प्रविणले आफ्नो श्रीमान्को साथ र सहयोगकै कारणले आफूले पनि बीचैमा रोकिएको अध्ययनलाई अघि बढाउने अवसर पाएको सुनाउनुहुन्छ । “मेरो विवाह हुँदा आठ कक्षा मात्रै पढेकी थिए”, उनले भने, “श्रीमान्कै प्रेरणाकै कारणले रोकिएको पढाईलाई फेरि निरन्तरता दिने मौका पाए । यसका कारणले कारणले अहिले मदर्सा विद्यालयको नेतृत्व पनि हाँकिरहेको छु ।”

अहिले पनि मुस्लिम समुदायका व्यक्तिहरुले आफ्ना छोराछोरीलाई शिक्षादीक्षा दिने विषयमा कञ्जुस्याइँ गरिरहेको उनले गुनासो गर्छन् । “मुस्लिम समुदायमा अझै पनि छोराछोरीलाई पढाइलेखाइ त्यति धेरै चासो नदिँदा धेरै पछाडि परिरहेको अनुभूति गरेका छौँ”, उनले भने, “छोरा होस् या छोरी दुवैलाई असल शिक्षा दिन कोही पनि पछि हट्नु हँुदैन ।”

बुबा राकीले आफ्नो परिवारका सदस्यलाई असर संस्कार र पढ्ने वातावरण तयार पार्न सबै बुबाआमा लाग्नुपर्ने सुझाव दिन्छन् । “संस्कार माला जस्तै किनेर पाइँदैन”, उनले भने, “जुनसुकै अभिभावकले पनि आफ्नो छोराछोरीको चाहना र आकाङ्क्षाअनुसार नै अघि बढ्ने वातावरण मात्रै तयार गर्ने हो । आफ्नो भविष्यको ढोका त छोराछोरीले नै खोल्ने हो ।”

आफ्ना चारवटै सन्तानले वरिष्ठ चिकित्सक गोविन्द केसीको पद्चाप पछ्याइदिएको खण्डमा खुसी हुने बताउँछन् । “मेरा चारै सन्तानले बरिष्ठ चिकित्सक केसीले जस्तै असहाय र गरिबी जनतालाई स्वास्थउपचार गरुन भन्ने चाहाना रहेको छ”, उनले भने, “असल शिक्षा र वातावरण दिएकाले पक्कै पनि सो पद्चाप अँगाल्छन् भन्ने आशा र विश्वास लिएको छु ।”

वि.सं.२०८१ भदौ २३ आइतवार ११:५८ मा प्रकाशित

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौँ । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

बैदेशिक रोजगारमा पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने

काठमाडौँ । श्रमिक पठाउन इजाजतपत्र प्राप्त संस्थाहरूले वैदेशिक रोजगारीको मागपत्रमा...

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

पाथीभरामातालाई भक्तजनले चढाए ५० तोला सुन

फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...