back
CTIZAN AD

सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

वि.सं.२०८१ भदौ २३ आइतवार

720 

shares

जनकपुरधाम । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ ।
स्थानीय हरिनारायण झाका छोराहरुले उक्त जग्गा आफ्नो रहेको दाबी गरेपछि सो कार्यालयले जमिनको सुरक्षाको माग गरेको हो ।
सर्लाहीको साविक गाविस सुन्दरपुर चौहडवा–८ हाल बरहथवा नगरपालिका–१३ स्थित किता नं १८५ र १८८ को सात कट्ठा जमिनमा स्व झाका छोरा गङ्गाधर झा, प्रमोद झा, चन्द्रमोहन झा, चन्द्रवंशी झा र राजवंशी झाले आफ्नो भनी दाबी गरिरहेकोले बिवाद उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए । उनीहरुले उक्त जमिनमा दाबी गरेपछि अख्तियार दुरुपयोग आयोगको कार्यालय बर्दिबास तथा जिल्ला प्रशासन कार्यालय सर्लाही मलगङ्वामा सिँचाइ व्यवस्थापन कार्यालयले आफ्नो प्रमाण तथा दाबीसहित सुरक्षाका लागि लिखित निवेदन पेस गरेको उनले उल्लेख गरे ।

रु तीन करोड मूल्य बराबरको सो जमिन विसं २०४० मा मन्त्रालयले सिँचाइ कार्यका लागि मुआब्जा वितरण गरेर अधिग्रहण गरेको थियो । जमिनको मूल्य बढेपछि ४० वर्षपछि उक्त जमिनमा विवाद सुरु भएको स्थानीय बताउँछन् ।

विसं २०४० अगाडि स्थानीय जमिन धनीहरुलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिएको थियो । त्यसमा स्थानीय धेरैले आआफ्नो जमिन सिँचाइ कार्यालयको पूर्वाधार निर्माणका लागि बिक्री गरेर मुआब्जा लिएका थिए ।

सोही क्रममा स्व हरिनारायण झाले पनि बिक्री गरेका कार्यालय प्रमुख भगतले बताउँदै विसं २०५० मा बागमती नदीमा आएको बाढीले सो कार्यालयका सम्पूर्ण कागजात नष्ट भएको जानकारी दिए ।

मालपोत कार्यालय बरहथवामा उक्त किता नम्बरको जमिनको स्रेस्ता पाना च्यातिएकाले स्व झाका छोराहरुले सो जमिन आफ्नो भनी दाबी गरेका कार्यालयका कर्मचारीहरुले बताएका छन् ।

विवाद समाधानका लागि नापी कार्यालय बरहथवाको नापी टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीका साथै स्थानीय जनताको भेलाले सो जमिनका सम्बन्धमा मुचुल्का तयार गरिएको छ । सो क्रममा एक सयबढी स्थानीय, जल उपभोक्ता र सिँचाइका पुराना कर्मचारीको उपस्थिति थियो । मुचुल्का तयार गर्ने क्रममा उपस्थितले उक्त जमिन सिँचाइ कार्यालयको रहेको लिखितपत्रमा हस्ताक्षर गरेका प्राप्त विवरण निवेदनमा जनाइएको प्रमुख भगतले जानकारी दिए ।

अधिग्रहण भएको जमिनमा निर्मित जस्तापाताको छानाले छाएको दुईतले इँटा लगाएको जीर्ण पक्की घर र गार्डकोठा प्रमाणका रुपमा रहेका जनाइएको छ । स्व झाका छोराहरुले उच्च अदालत जनकपुरमा आफ्नो जमिन भएको दाबी गर्दै मुद्दा दायर गरेका छन् । साथै मालपोत कार्यालय बरहथवामा पनि आफ्नो हो भनि निवेदन दिएको मालपोत कार्यालयले जनाएको छ ।

सिँचाइ आयोजनाको निर्माण २०३९÷४० देखि सुरु भई २०४४÷४५ मा कार्यान्वयनमा आएको थियो । कार्यालयअन्तर्गत हीरापुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर व्यारेज मनुस्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुईसय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याइँदै आइएको कार्यालय प्रमुख भगतले जानकारी दिए । उनका अनुसार उक्त सिँचाइ आयोजनाबाट छ हजार सात सय परिवारका ५० हजार जनता लाभान्वित भएका छन् । आयोजनाको निर्माणले हाल ४० हजार दुई सय ४४ मेट्रिकटन खाद्यान्न उत्पादन सुरु भएको भगतले जानकारी दिए ।

वि.सं.२०८१ भदौ २३ आइतवार १३:३९ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...