back
CTIZAN AD

विष्फोटका घाइतेहरुको अनुमगन

वि.सं.२०८१ भदौ २५ मंगलवार

690 

shares

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर नेतृत्वको उच्चस्तरीय टोलीले आज विष्फोटका घाइतेहरुको अनुगमन गरेको छ ।

पाँचथर फालेलुङ्ग गाउँपालिका–५ डाँडागाउँमा यही भदौ १३ गते भएको विष्फोटमा परी घाइते भएका बालकहरुको उपचार भइरहेको कीर्तिपुरस्थित नेपाल क्लेफ्ट एण्ड बर्न सेन्टर पुगी टोलीले जानकारी लिएको हो ।

टोलीले उपचाररत बालबालिकाका अभिभावक, चिकित्सक र अस्पतालका कार्यकारी निर्देशकलगायतसँग भेट गरी घाइतेहरुको स्वास्थ्य अवस्था र उपचारबारे जानकारी लिएको आयोगले जनाएको छ । हाल घाइते बालकहरूको स्वास्थ्य अवस्थामा सुधारोन्मुख रहेको र उनीहरुको आजै शल्यक्रिया सम्पन्न भएको जानकारी उपचारमा संलग्न चिकित्सकबाट प्राप्त भएको आयोगका सहायक प्रवक्ता श्यामबाबु काफ्ले जानकारी दिए ।

“सरकारका तर्फबाट मन्त्रीसहितको टोलीले घाइतेहरूको स्वास्थ्यअवस्थाबारे जानकारी लिई उपचारको सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भनी प्रतिबद्धता जनाए पनि घाइते बालकका परिवारले हालसम्म पाउन नसकेको बुझिएको छ”, सहप्रवक्ता काफ्लेले भने, “अनुगमनबाट जलनको उपचार गर्ने अस्पतालमा आर्थिक स्रोत, विशेषज्ञ जनशक्ति तथा उपकरणहरूको समेत अभाव रहेको जानकारी प्राप्त हुन आएको छ ।”

घाइते बालकहरूको उपचारलाई निरन्तरता दिन, स्वास्थ्यउपचार खर्च तत्काल उपलब्ध गराउन, घाइते तथा मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न, पीडित परिवारलाई जीविकोपार्जनको व्यवस्था मिलाउन आयोगले सरकारसँग आग्रह गरेको छ ।

आयोगले जलनको उपचार गरिने अस्पतालमा विशेषज्ञ सेवासहित आवश्यक उपकरणहरूको व्यवस्था गरी अस्पतालको सवलीकरण गर्न, विस्तृत शान्ति सम्झौतासाग सम्बन्धित आयोगले पटक–पटक गरेका सिफारिसबमोजिम सशस्त्र द्वन्द्वको समयमा प्रयोग भएका विष्फोटक पदार्थहरू निष्कृय पारी पुनः यस प्रकारका घटना दोहोरिन नदिन आयोग नेपाल सरकारलाई आग्रह समेत गरेको छ ।

अनुगमनमा आयोगका सदस्य डा लिली थापा, सचिव मुरारीप्रसाद खरेल र अन्तर्राष्ट्रिय सन्धि अनुगमन महाशाखा प्रमुख मायादेवी शर्माको उपस्थिति थियो ।

वि.सं.२०८१ भदौ २५ मंगलवार १०:२३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...