back
CTIZAN AD

आरविवि मर्चेन्ट बैंकिङ्गले साढे तीन करोड बढी लाभांश वितरण सम्बन्धी प्रस्ताव पेश गर्दै

वि.सं.२०८१ भदौ २६ बुधवार

729 

shares

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित संस्था आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्विकृति प्राप्त गरि शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही, धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक, सामुहिक लगानी कोष योजना व्यवस्थापकको रुपमा कार्य गर्दै आएको छ ।

कम्पनीको आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट कम्पनीको शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई चुक्ता पुँजीको १८ प्रतिशतले हुन आउने तीन करोड साठ्ठी लाख रुपैंया (कर सहित) नगद लाभांश वितरण गर्न कम्पनीको नवौं वार्षिक साधारण सभामा प्रस्ताव पेश गर्ने निर्णय भएको छ ।

कम्पनीले शेयरधनी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई विगत वर्षहरु देखि नै लगातार नगद लाभांस वितरण गर्दै आएको छ । यस कम्पनीको अध्यक्षमा सरस्वती अधिकारी रहेको र प्रमुख कार्यकारी अधिकृतको रुपमा बद्री प्रसाद प्याकुरेल कार्यरत छन् ।

राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवद्र्धक रही यस कम्पनी योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत सञ्चालित बन्दमुखी योजना आरविवि म्युचुअल फण्ड एक र आरविवि म्युचुअल फण्ड दुईले आ.व.२०८०/०८१ को लागि योजनाको इकाईधनीहरुलाई कर सहित क्रमश : ३.८१ प्रतिशत र ८.७४ प्रतिशतका दरले योजनाको प्रतीफल वितरण गर्ने निर्णय भएको छ ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको देश भर रहेका दुई सय ९४ वटा शाखा कार्यालयहरुबाट हितग्राही तथा मेरो शेयर खाता खोल्ने कार्य भैरहेको छ । कम्पनीले दुरदराजमा रहेका लगानीकर्तालाई हितग्राही खाता खोली लगानीको अवसर प्रदान गर्दै आइरहेको छ । आर्थिक वर्ष २०८०/८१ को मसान्त सम्ममा हितग्राही खाताको संख्यामा बृद्धि भै करिब दुई लाख पुग्न लागेको र मेरो शेयरको ग्राहकको संख्या डेढ लाख माथी पुगेको छ ।

कम्पनीले १५ वटा कम्पनीहरुको शेयर रजिष्ट्रारको कार्य गर्दै आईरहेको । यस कम्पनीले विभिन्न संस्थाको ईस्यु (IPO, FPO, Right, Underwriting) को व्यवस्थापनको कार्यहरु गर्दै आएको । यस कम्पन्ीले संस्थागत तथा व्यक्तिगत ग्राहकहरुको संख्यामा उल्लेखिय रुपमा बृद्धि गर्दै लगानी व्यवस्थापनको कार्य गर्दै आईरहेको छ ।

 

वि.सं.२०८१ भदौ २६ बुधवार १४:३९ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...