back
CTIZAN AD

सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ : मन्त्री खड्का

वि.सं.२०८१ भदौ २६ बुधवार

1.1K 

shares

धनकुटा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकारले ठूला जलविद्युत् आयोजनालाई प्राथमिकता साथ अगाडि बढाएको बताएका छन् । नेपाली कांग्रेस धनकुटा जिल्ला कार्यसमितिद्वारा आज धनकुटाबजारमा आयोजित ‘बधाई तथा भेटघाट’ कार्यक्रममा उनले हिजो अलपत्र परेका ठूला जलविद्युत् आयोजनालाई सरकारले अगाडि बढाएको बताएका हुन् ।

“ऊर्जा क्षेत्रबाट मात्र मुलुकको विकास सम्भव छ, सरकारले ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ, सरकारले १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरेर २० हजार मेगावाट विद्युत् विदेशमा निर्यात गर्ने लक्ष्य लिएको छ,” उनले भने । ऊर्जामन्त्री खड्काले गरिब र विपन्न वर्गलाई आर्थिक हिसाबले समृद्ध बढाउनका लागि वर्तमान सरकारले काम गर्ने बताए ।

उनले स्थानीय तहमा आउने बजेट कार्यान्वयन भए नभएकोबारे जनता चनाखो हुनुपर्ने उल्लेख गरे । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहेका मन्त्री खड्काले नेपाली कांग्रेसले जनतालाई अनुभूति हुनेगरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले जनताको आवश्यकताका लागि दुई ठूला दल मिलेर सरकार बनेकाले यो सरकारलाई विकास निर्माणमा पछाडि फर्कने छुट नभएको उल्लेख गरे ।

कार्यक्रममा नेपाली कांग्रेस धनकुटाका उपसभापति सुनिलकुमार डङ्गोलले धनकुटाको विकासमा सहयोग गर्न मन्त्री खड्कालाई आग्रह गरे । उनले धनकुटामा ऊर्जा र सिँचाइका क्षेत्रमा धेरै काम गर्नुपर्ने आवश्यता रहेकाले यसलाई पूरा गर्नका लागि केन्द्र सरकारको साथ र सहयोग आवश्यक रहेको बताए ।

 

वि.सं.२०८१ भदौ २६ बुधवार १४:५४ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...