back
CTIZAN AD

ठगीको आरोपमा सुर्यमान शंकर भन्ने (ईकु) पक्राउ

वि.सं.२०८१ भदौ २६ बुधवार

1.2K 

shares

काठमाडौँ । कलाकार भिसामा विदेश पठाउँछु भन्दै विभिन्न व्यक्तिहरूसँग रकम ठगी गरेको आरोपमा सुलेमान शङ्कर (ईकु) भन्ने सूर्यमान शङ्कर पक्राउ परेका छन् ।

ललितपुर उपमहानगरपालिका–२४, धपाखेल स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–४, धुम्बाराही बस्ने ४० वर्षीय सूर्यमान विभिन्न देशहरूमा हुने नेपाली सांस्कृतिक कार्यक्रमहरूमा आवश्यक पर्ने कलाकारको रूपमा कलाकार भिसामा क्यानडा, अस्ट्रेलिया तथा युरोपेली देशहरूमा लैजाने भनी रकम ठगी गरेको आरोपमा पक्राउ परेको प्रहरी उपरीक्षक तथा केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए ।

प्रवक्ता बोगटीका अनुसार सूर्यमानलाई भौगोलिक रूपमा विकट क्षेत्रका मानिसहरूलाई युरोपेली मुलुकहरूमा राम्रो काम पाइने र आम्दानी समेत सोही अनुरूप आकर्षक हुने प्रलोभन देखाई आफूले सञ्चालन गरिरहेको एसएमएस फिल्म प्रा.लि.को नाममा ग्लोबल आईएमई बैङ्क लि.मा रहेको खातामा प्रतिव्यक्ति १५ देखी २० लाख सम्म रकम जम्मा गर्न लगाउने गरेको आरोप छ ।

विदेश जान तयार मानिसहरूले खातामा रकम जम्मा गरिसकेपछि रकम जम्मा गर्ने व्यक्तिहरूले कलाकार भिसामा विदेशी मुलुकमा भिसा प्रयोजनको लागि आवश्यक पर्ने बैङ्क स्टेटमेन्ट लगायतका कागजातहरू समेत नक्कली बनाउने, रकम जम्मा गर्ने पीडितहरूले भिसा तथा जाने मितिको बारेमा सोधपुछ गर्दा विदेशमा कार्यक्रमको लागी तयारी हुँदै छ तयारी भएपछि खबर गर्छु भनी लामो समयसम्म झुलाई अन्तमा सम्पर्कबाट बाहिर रहने गरेको पीडितहरूका गुनासो छ ।

मंगरबार काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–३, हात्तिगौडाबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत काठमाडौँबाट दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता बोगटीको भनाई छ ।

वि.सं.२०८१ भदौ २६ बुधवार १५:१२ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...