back
CTIZAN AD

बन्दीपुरमा चौसट्ठी परिवारलाई खानेपानी वितरण

वि.सं.२०८१ भदौ २७ बिहीवार

744 

shares

तनहुँ । जिल्लाको बन्दीपुर गाउँपालिका–६ मा ‘एक घर, एक धारा’ अभियानअन्तर्गत तीनवटा खानेपानी आयोजना सम्पन्न भएका छन् । गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट दुई र सङ्घीय सरकारबाट एउटा खानेपानी आयोजना सम्पन्न भएको हो ।

उक्त आयोजनाबाट ६४ परिवार प्रत्यक्ष लाभान्वित भएका बन्दीपुर–६ का वडाध्यक्ष बलबहादुर गुरुङले जानकारी दिए । गण्डकी प्रदेशले खहरे गाउँपाखोमा रु ६० लाख, खहरे थुमथुमेमा रु नौ लाख र सङ्घीय सरकारले रु १० लाखमा खहरे झपार्दी खानेपानी आयोजनामार्फत एक घर, एक धारा जडान गरेको हो ।

गत आर्थिक वर्षको अन्त्यभित्र योजना सम्पन्न गरी घरघरमा पानी पु¥याइएको खहरे गाउँपाखो खानेपानी उपभोक्ता समितिका अध्यक्ष देवबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार योजना सम्पन्न पश्चात् वर्षैँदेखि पाँखाको तातो, नमिठो र चुनायुक्त पानी पिउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

“चुनाका कारण कतिपय अवस्थामा पानीको पाइप जाम हुने समस्या खेप्नुपरेको थियो”, अध्यक्ष गुरुङले भने, “करिब दुई महिनाको अवधिमा आयोजना सम्पन्न गरी पानी नियमित सञ्चालन गरेका छौँ ।” तीनमध्ये ठूलो आयोजनाका रुपमा रहेको खहरे गाउँपाखोका लागि छिमेकी देवघाट–३ नाल्बुङबाट पानी ल्याएर वितरण गरिएको उनले जानकारी दिए ।

लामो समयदेखि खानेपानीको समस्या खेप्दै आएका वडाबासीले स्वच्छ पानी पिउन पाउँदा खुशी व्यक्त गरेका छन् । अहिले घरघरमा धारा जडान गरेपछि गाग्री बोकेर पानी लिन जानुपर्ने समस्या हटेको झपार्दी खानेपानी उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर थापाले बताए ।

वि.सं.२०८१ भदौ २७ बिहीवार १०:२१ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...