back
CTIZAN AD

मेटमणिको विवादास्पद अभिव्यक्ति: लिपुलेक कालापानी भारतको हो

वि.सं.२०८१ भदौ २७ बिहीवार

1.9K 

shares

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका उप महासचिव मेटमणि चौधरीले नेपाली भूभाग ‘लिपुलेक कालापानी भारतको हो नि’ भन्ने अभिव्यक्ति दिएपछि विवादमा तानिएका छन् ।

भाद्र २५ गते साँझ प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा उप महासचिव चौधरीले ‘लिपुलेक कालापानी भारतको हो नि’ भन्ने अभिव्यक्ति दिएका थिए ।

उनको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले एक विज्ञप्ति जारी गर्दै स्पष्टीकरण सोधेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘गत भाद्र २५ गते साँझ प्राइम टेलिभिजनको ’जनता जान्न चाहन्छन्’ कार्यक्रममा तपाईँले “लिपुलेक र कालापानीमाथि इन्डियाले आफ्नो दाबी प्रस्तुत गरेको छ । मलाई लाग्छ दाबी पुग्छ उसको, दाबी पुग्छ, भारतले लिन पाउँछ….(कालापानी र लिपुलेक) भारतको हो नि’ भन्नु भएको रहेछ ।’

‘अनेकौँ तथ्यहरूले उक्त भूभाग नेपालको हो भन्ने कुरा स्पष्ट पारेका छन् । हाम्रो पार्टीको समेत दाबीका आधारमा उक्त भूभाग संविधानको अङ्ग बनाइएको कुरा सर्वविदित नै छ । त्यस विपरीत, मुलुकको अखण्डता र सार्वभौमसत्ताका विरुद्ध तपाईँले किन बोल्नु भएको हो ? यसबारे तीन दिन भित्र लिखित रूपमा स्पष्टीकरण दिनु होला ।’ विज्ञप्तिमार्फत जवाफ मागिएको छ ।

वि.सं.२०८१ भदौ २७ बिहीवार २१:३० मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...