back
CTIZAN AD

काठमाडौँ स्पाइकर्सद्वारा विदेशी स्टार खेलाडीको घोषणा

वि.सं.२०८१ भदौ ३० आइतवार

978 

shares

काठमाडौँ । काठमाडौँ स्पाइकर्सले आगामी वात्सल्य एभरेस्ट महिला भलिबल लिग २०२४ का लागि विदेशी खेलाडीका रूपमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त भलिबल खेलाडी सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेको छ ।

बुल्गेरियाकी प्रतिष्ठित र अनुभवी भलिबल खेलाडी एन्ड्रिया त्सभेतानोभा काठमाडौँ स्पाइकर्समा सामेल भएकी हुन् । सेटर त्सभेतानोभा फुर्तिलो,जोसिलो र रणनीतिक खेलका लागि प्रख्यात उनले NCAA, NJCA, MECA, NIVC र बुल्गेरियन लीगहरू सहित शीर्षस्तरका लीगहरूमा उत्कृष्ट प्रदर्शन गर्नुका साथै बुल्गेरियन CEV च्याम्पियन्स लिग र FIVB क्लब विश्व च्याम्पियनसिपमा उल्लेखनीय प्रदर्शन मार्फत महत्त्वपूर्ण सफलता हासिल गरेकी छिन् ।

उनले विश्व च्याम्पियनसिप पदक र कन्टिनेन्टल टाइटलसँगै सर्भिस, डिफेन्स, लिडरसिप र खेल भावनाका लागि विभिन्न पुरस्कारहरू प्राप्त गरेकी छिन्। त्सभेतानोभाको प्रभावशाली करियर काठमान्डु स्पाइकर्सको लागि मूल्यवान हुनेछ। काठमाडौँ स्पाइकर्समा आबद्ध भएकी त्सभेतानोभाको उमेर  २४ वर्ष रहनुका साथै  १७८ सेन्टिमिटर उचाइकी छिन् ।

काठमाडौँ स्पाइकर्सका सीओओ सुदिक्षा अधिकारीले भनिन्,“हामीले बलियो र सन्तुलित टोली निर्माण गर्ने प्रतिबद्धता अनुरूप सेटर एन्ड्रिया त्सभेतानोभालाई अनुबन्ध गरेका हौँ । हामीलाई विश्वास छ उनले ल्याउने अन्तर्राष्ट्रिय अनुभव र विजयी मानसिकताले लिगमा हाम्रो प्रदर्शनमा सकारात्मक प्रभाव पार्नेछ । उनको खेल कौशल हाम्रा स्थानीय खेलाडीहरूसँग कसरी मिसिन्छ भनेर हेर्न हामी उत्सुक छौँ ।”

काठमाडौँ स्पाइकर्समा सामेल हुँदाको उत्साह व्यक्त गर्दै एन्ड्रिया त्सभेतानोभाले भनिन्, “यस्तो डाइनामिक र महत्त्वाकाङ्क्षी टिमको हिस्सा हुन पाउँदा मैले सम्मानित अनुभव गरेको छु। भलिबल मेरो लागि खेल मात्र नभई जुनून हो र म आफूले ल्याएको अनुभव प्रयोग गरेर स्पाइकरहरूलाई उच्चस्तरीय प्रतिस्पर्धामा सघाउन उत्सुक छु। मैले एभरेस्ट महिला भलिबल लिगको बारेमा धेरै सुनेको छु र म टिमलाई सफल बनाउन र यहाँका फ्यानहरूसँग जोडिन आतुर छु ।

एभरेस्ट वुमन्स भलिबल लिगमा त्सेस्नोभाको आगमनपछि आफ्नो टोली थप बलियो हुनेमा काठमाडौँ स्पाइकर्स विश्वस्त छ । आफ्नो नयाँ स्टार खेलाडीको साथले बलियो प्रदर्शन गर्न र अविस्मरणीय क्षणहरू सिर्जना गर्नका लागि टिम तत्पर छ ।

वि.सं.२०८१ भदौ ३० आइतवार १२:५५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...