back
CTIZAN AD

भीमफेदीबाट सात बालश्रमिकको उद्धार

वि.सं.२०८१ भदौ ३१ सोमवार

792 

shares
बागमती । श्रम तथा रोजगार कार्यालय हेटौँडाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीस्थित विभिन्न होटलबाट आज सात बालश्रमिकको उद्धार गरेको छ ।
अनुगमननका क्रममा होटलमा बालश्रमिक राखेको पाइएपछि उनीहरुको उद्धार गरी बालश्रमिक राख्ने होटल सञ्चालकमाथि कारबाही प्रक्रिया अघि बढाइएको श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख छन्दनारायण श्रेष्ठले जानकारी दिए ।
होटल सञ्चालकले बालबालिकालाई होटलमा विभिन्न काममा लगाउने गरेको पाइएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ मा ३५ बालश्रमिकको उद्धार गरी उनीहरुलाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो ।
आर्थिक वर्ष २०८०/८१ मा ९५ उद्योग प्रतिष्ठानको  अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकको रुपमा काममा लगाउने ३५ प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरिएको थियो । प्रमुख श्रेष्ठका अनुुसार ती प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरी रु तीन लाख ९१ हजार क्षतिपूर्ति तिराइएको थियो ।
दुई क्विन्टल गाँजासहित दुई युवक पक्राउ
प्रहरीले मकवानपुरको हेटौँडाबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बा२१च ५२२६ नम्बरको पिकअप भ्यानमा लुकाइछिपाइ लगिरहेको दुई क्विन्टल २३ किलो गाँजासहित धादिङको थाँक्रे गाउँपालिका–४ का ३४ वर्षीय चालक जीवन मगर र गाडीमा सवार सोही गाउँपालिका–६ का ३० वर्षीय प्रदीप क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

वि.सं.२०८१ भदौ ३१ सोमवार १४:३९ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...