back
CTIZAN AD

पर्सामा बीमाप्रतिको आकर्षण कम

वि.सं.२०८१ असोज १ मंगलवार

780 

shares

वीरगञ्ज(पर्सा) । आर्थिक र औद्योगिक नगरीको रुपमा परिचित पर्सा जिल्लामा जीवन बीमाप्रति सर्वसाधारणको आर्कषण न्यून देखिएको छ । बीमासम्बन्धी जनचेतनाको कमीले यहाँका सर्वसाधारणमा बीमाप्रतिको आकर्षण न्यून देखिएको हो ।

नेपाल बीमा प्राधिकरणका अनुसार आव २०८०÷८१ सम्मको अवधिमा जीवन बीमा शुल्क सङ्कलनमा पर्साको हिस्सा एक दशमलव ८८ प्रतिशत मात्रै छ । प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले आर्थिक र औद्योगिक नगरीको रुपमा पर्सा चिनिए पनि जीवन बीमा र निर्जीवन बीमाप्रति सर्वसाधारणको आकर्षण न्यून रहेको जानकारी दिए ।

‘‘जिल्लामा आव २०८०÷८१ सम्मको अवधिमा जीवन बीमा तर्फ जारी बीमालेख सङ्ख्या १२ हजार ५५ रहेको छ’’, उनले भने, ‘‘जीवन बीमाको सक्रिय बीमालेख सङ्ख्या १२ लाख तीन हजार चार सय ७७ छ ।’’ प्राधिकरणका अनुसार गत आवमा जिल्लामा जीवन बीमाको भुक्तानी सङ्ख्या छ हजार आठ सय २० रहेको थियो । सो अवधिमा दाबी भुक्तानी रकम रु ८७ करोड ८८ लाख रहेको छ ।

जिल्लामा आव २०८०÷८१ सम्म जारी निर्जीवन बीमा लेख सङ्ख्या ८४ हजार सात सय २३ रहेको छ । सो अवधिमा निर्जीवन बीमातर्फ बीमा शुल्क सङ्कलन एक अर्ब १३ करोड १६ लाख रहेको छ ।

त्यस्तै निर्जीवन बीमा शुल्क सङ्कलनमा जिल्लाले दुई दशमलव ७५ प्रतिशत मात्र हिस्सा ओगटेको छ । जिल्लामा निर्जीवन बीमाको दाबी भुक्तानी सङ्ख्या दुई हजार पाँच सय ६७ रहेको छ । सो अवधिमा निर्जीवन बीमाको दाबी भुक्तानी रकम रु ६४ करोड ८२ लाख रहेको छ ।

वि.सं.२०८१ असोज १ मंगलवार १६:२६ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...