back
CTIZAN AD

नेपाल पर्वतारोहण सङ्घको वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८१ असोज १ मंगलवार

1K 

shares

काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको ३४औँ केन्द्रीय वार्षिक साधारण सभा काठमाडौँ गैरीधारा स्थित एलिसा रिसेप्सनमा मङ्गलवार सम्पन्न भएको छ ।

सङ्घका सचिव धनबहादुर गुरुङको स्वागत मन्तव्यबाट सुरु भएको साधारण सभामा महासचिव मोहन लम्सालले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१/८२को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष मुक्ति पाण्डेले लेखा परीक्षण प्रतिवेदनसँगै आर्थिक वर्ष २०८१/८२को अनुमानित आय-व्यय विवरण प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले सबै राजनीतिक दलहरूलाई सरकारसँग सहकार्य गरेर अघि बढ्न अनुरोध गरेका छन् । नेपाली काँग्रेसका सहमहामन्त्री समेत रहेका मन्त्री पाण्डेले मुलुकमा विद्यमान सबै खालको जटिलता हटाउनका लागि दुई ठुलो पार्टीले सत्ता सहकार्य गरेकाले त्यसमा अन्य सबै राजनीतिक दलहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।

उनले मुलुकलाई जटिलताबाट पार लगाउन सबै राजनीतिक दलहरूले मिलेर काम गर्नुपर्ने बताए । देशमा समस्याको चाङ देखिएकोपछि समाधानका लागि काँग्रेस-एमाले एक ठाउँमा उभिएको उल्लेख गर्दै मन्त्री पाण्डेले अन्य दलहरूले यस्तो बेलामा सरकारसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए ।

सरकारले एकताको बाटोबाट मुलुकमा विद्यमान समस्या समाधान गर्न चाहेको पनि बताए । सबै दलहरूले एकताको बाटोबाट नेपाललाई एउटा स्थिर शासन पनि दिने, गतिशील अर्थतन्त्र प्रदान गर्ने दिशामा चाहेको मन्त्री पाण्डेको भनाइ थियो ।

कार्यक्रममा संस्कृति तथा नागरिक उड्डयन तथा राज्य मन्त्री अरुणकुमार चौधरी, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेस प्रसाद पाण्डे लगायतले बोलेका थिए । यसैबिच सबै भन्दा बढी आरोहण अनुमति जारी गर्ने कम्पनी, सेवा निवृत्त कर्मचारी, उत्कृष्ट कर्मचारी, पर्वतारोहण क्षेत्रमा योगदान पुर्याउने विभिन्न व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाको अध्यक्षतामा भएको साधारण सभामा सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डेले उपस्थित र कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नेहरूलाई धन्यवाद दिएका थिए ।

 

वि.सं.२०८१ असोज १ मंगलवार १७:०३ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...