back
CTIZAN AD

इन्द्रदहमा मेला भर्नेको भीड

वि.सं.२०८१ असोज २ बुधवार

684 

shares

भक्तपुर । इन्द्रजात्राका अवसरमा आज बिहानैदेखि भक्तपरको इन्द्रदहमा मेला भर्नेको भीड लागेको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी देवगृहबाट बाजागाजासहित देवताको मूर्ति खटमा विराजमान गराई ‘वाचा मुकेगु’ भनी आधा देश परिक्रमा गराइ मङ्गलबार साँझ इन्द्रदह पुर्याइएको थियो ।

उक्त खटलाई दह किनारमा रातभरि राखेर दीपावली गरी आज बिहानैदेखि इन्द्रदहमा स्नान एवं पूजा गर्नेको भीड लागेको हो । आज दिनभर मेला लाग्ने छ भने साँझ उक्त खट देवगृहमा पुर्याएपछि जात्रा सम्पन्न हुने संस्कृतिका जानकार प्रा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नेपाल संवत् २१८ मा शक्तिशाली युवराजका रूपमा चिनिएका इन्द्रदेवले आफ्नो नाममा उपत्यकाकै ठूलो पोखरी निर्माण गराएका कारण पोखरीको नाम इन्द्रदह रहन गएको उनले बताए । स्वर्गका राजा इन्द्रले स्नान गरेको हुँदा यसको नाम इन्द्रदह रहेको धार्मिक विश्वास छ ।

वि.सं.२०८१ असोज २ बुधवार १०:२३ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...