काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड बनाएको छ । सुनको मूल्य आज हालसम्मकै उच्च मूल्यमा पुगेको हो । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ भने हिजो प्रतितोला एक लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइताबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै आईरहेको छ ।
तर, चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला एक हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०८१ असोज ८ मंगलवार ११:२८ मा प्रकाशित





























