back
CTIZAN AD

दलित गाउँका पहिला शिक्षक

वि.सं.२०८१ असोज ८ मंगलवार

900 

shares

गलकोट (बागलुङ) । बागलुङ सदरमुकाम नजिकैको सिगानामा छ ठूलो दलित गाउँ । मिलेको सुन्दर गाउँभित्रका अनेक पीडा भने बाहिर आउन सकेका छैनन् । शिक्षा क्षेत्रमा पछि नै रहेको उक्त गाउँमा खानेपानीको समेत पहुँच छैन । २०० परिवारले दुई धाराको खानेपानी प्रयोग गर्दै आएका छन् ।

बागलुङ नगरपालिका–८ सिगानास्थित लामिचौरको दलित बस्तीमा २०० घरपरिवार बस्दै आएका छन् । शैक्षिक क्षेत्रमा पछि परेको गाउँबाट २२ वर्षका विशाल परियार पहिलो शिक्षक बनेका छन् । यहाँको शैक्षिक गुणस्तर बढाउँदै पढाइप्रति जागरुक बनाउनका लागि आफूले शिक्षक पेसा रोजेको परियारको भनाइ छ ।

परियारले २०७८ मा खुलेको शिक्षक सेवामा प्रावि र निमाविमा एकैपटक लिखित परीक्षा पास गरेका थिए । अन्तर्वार्तामार्फत प्राविमा नाम निकाल्न सफल परियार अहिले गाउँमै रहेको सिगाना मावि लामिचौरमा अध्यापन गराइराखेका छन् ।

उनले आफ्नो सपना नै शिक्षक बन्ने रहेको सुनाए । “घर नजिकै माध्यमिक विद्यालय छ, त्यहाँ अधिकांश दलित समुदायकै विद्यार्थी छन्, तर बीचमै पढाइ छाड्ने र रोजगारीका लागि विदेश जाने परम्परा व्याप्त छ, लोकसेवा आयोग, शिक्षक सेवा आयोगमा परीक्षा दिने चलनै छैन”, परियारले भने, “यहाँको पढाइ छाड्ने परम्परा तोड्न र आफूले गाउँमै बसेर सेवा गर्न इच्छा आयो, त्यसैले शिक्षक सेवाको परीक्षा दिए, पहिलो वर्षमै नाम निस्क्यो, अहिले आफ्नै गाउँका विद्यार्थी पढाउन पाउँदा खुसी छु ।”

पहिलोपटक दिइएको शिक्षक सेवा आयोगको परीक्षामा लिखिततर्फ प्रावि र निमावि दुवैमा नाम निकाल्न सफल भएको बताउँदै परियारले अन्तर्वार्तामा गएर प्राविमा सफल भएको जानकारी दिए । मैले यही सिगाना मावि लामिचौरमै पढेर शिक्षक भएर आए भने अन्य भाइबहिनीहरुले समेत सक्नुहुन्छ भन्ने हेतुले हौसला दिइराखेको परियारको भनाइ छ ।

उनले अधिकांश दलित विद्यार्थीलाई पढाउन शिक्षक बाहिरबाट आउने गरेको जनाउँदै यहाँबाट शिक्षक उत्पादन नहुँनु दुःखद रहेको बताए । अङ्ग्रेजी विषयमा स्नातक अध्ययन गरिसकेका परियारले आफू गाउँकै पहिलो शिक्षक भएको बताए । गाउँबाट पहिलो शिक्षक भएपछि समाजले हेर्ने दृष्टिकोणसमेत परिवर्तन भइसकेको बताउँदै परियारले गाउँलाई शैक्षिक क्षेत्रमा उकास्न आफूले शिक्षक पेसा रोजेको सुनाए ।

“आयोग पास गर्ने, नेपालकै जागिर खाने चलन दलित बस्तीमा थिएन, भर्ती हुन नसके विदेश जाने चलनलाई चिर्न आवश्यक छ, कम्तीमा उच्च शिक्षा हासिल गर्दा गाउँकै विकासमा सहयोग पुग्छ भन्ने लाग्छ”, उनले भने, “दुई सय घरपरिवार भएको दलित गाउँबाट पहिलो शिक्षकका रुपमा आफ्नै गाउँमा सेवा गर्ने मौका पाएको छु, आगमी दिनमा भाइबहिनीहरुलाई समेत ऊर्जा र प्रेरणा मिल्नेछ ।”

सिगानाभरमा धेरै शिक्षक उत्पादन भए पनि दलित बस्तीबाट विशाल पहिलोपटक शिक्षकका रुपमा विद्यालयमा अध्यापनरत रहेको सिगाना माविका शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतमले जानकारी दिए । गौतमले पढाइमा अब्बल परियारले अन्य क्षेत्रसमेत रोज्नसक्ने भन्दै शिक्षक बनेर गाउँकै विद्यालयमा पढाउने उद्देश्य राख्नुले समग्र गाउँकै प्रेरणा बनेको बताए ।

वि.सं.२०८१ असोज ८ मंगलवार १३:५० मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...