back

विश्व शेर्पा संघ अमेरिकाले बुझायो प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

वि.सं.२०८१ असोज ९ बुधवार

897 

shares
NTC AD

अमेरिका । प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमणका अवसरमा विश्व शेर्पा संघ अमेरिकाले ज्ञापनपत्र बुझाएको छ ।

मंगलबार न्युर्योकमा आयोजित एक कार्यक्रममा संघले विभिन्न मागसहित चारबुँदे ज्ञापनपत्र बुझाएको हो ।

विश्व शेर्पा संघका वरिष्ठ उपाध्यक्ष निमा शेर्पा, विश्व शेर्पा संघका महासचिव आङ जाङ्बु शेर्पा, शेर्पा संघ अमेरिका (सदस्य, विश्व शेर्पा संघ) का पसाङ दोर्जी शेर्पा, शेर्पा संघ अमेरिका (सदस्य, विश्व शेर्पा संघ)का (ए. पि. लामा)– ई. तेम्बा शेर्पा– अध्यक्ष, शेर्पा किदुग न्युयोर्क अमेरिका ( सदस्य, विश्व शेर्पा संघ) तथा शेर्पा संघ अमेरिकाका सचिव पेम्बा गिर्मे शेर्पा लामाले बुझाएको ज्ञापनपत्रमा यी बिभिन्न माग गरिएको छ ।

यस्तो छ ज्ञापनपत्र

सम्मानानीय प्रधानमन्त्री के. पी. शर्मा ओली ज्यू
मन्त्री परिषदको कार्यालय,
नेपाल सरकार।

बिषयः ज्ञापन पत्र पेश गरेको सम्बन्धमा।

सर्ब प्रथमत सम्मानानीय प्रधानमन्त्री ज्युको राष्ट्रसंघको महासभामा सहभागिता तथा अमेरिका भ्रमण सफलताको हार्दिक शुभकामना ब्यक्त गर्दछौँ।
सम्मानानीय प्रधानमन्त्री के. पि. शर्मा ओली ज्यु अमेरिका भ्रमणमा आउनु भएको यस अवसरलाई उपयोग गरी विश्व शेर्पा संघले सम्मानानीय प्रधानमन्त्री ज्यु समक्ष केही मागहरु राखेर ज्ञापन पत्र पेश गरेको अवगत गराउदछौँ।

१. हालै सोलुखुम्बुको प्राचीन बस्ती थामे गाउँमा हिमताल फुटेर क्षतिग्रस्त घरहरुको तत्काल त्यस ठाउँमा पुनर्निर्माण गर्न मिल्ने वा फेरी पनि खतरा छ भने अर्को ठाउँमा सार्ने सम्बन्धमा अध्ययन गरी तत्काल प्रकृया अगाडि बढाउन अनुरोध गर्दै उक्त प्राचीन गाउँभन्दा माथि तिब्बतसँगको नाङ्पा ल पास नाका पर्दछ। त्यसभन्दा माथि अर्को गाउँ छैन, त्यसैले त्यहाका बसिन्दाहरुले देशको सीमा रक्षकको काम पनि गर्दै आएको छ। त्यो ठाउँ भौगोलिक बिकटताको कारणले सबै सामानहरु हेलिकप्टर तथा खच्चर वा याकले दुवानी गर्नु पर्दा अत्यधिक महँगो पर्ने भएको हुँदा घर निर्माण गर्न धेरै महँगो पर्ने भएको हुँदा पूर्ण क्षतिग्रस्त घरहरु नेपाल सरकारले निर्माण गरी सहयोग गरी दिन माग गर्दछौँ।

२ विश्वमा हिमाल र शेर्पा परिपुरकको रुपमा चिनिएको सबैलाई सर्बबिदितै छ। नेपालको पर्बतारोहण पेशामा लागेका आरोही शेर्पाहरुको न्युनतम जीवन बीमा १५ लाख रहेको र उक्त रकम अहिलेको समयमा धेरै कम भएको हुँदा त्यसलाई बढाएर न्युनतम ३० लाखभन्दा माथि पुराउन माग गर्दछौँ। हिमालमा दुर्घट्नामा परेका शेर्पाहरुको बाल बच्चाको शिक्षादिक्षा र रोजगार सरकारले उपलब्ध गराउनु पर्ने माग गर्दछौँ।
नेपालको साहसिक पर्बतारोहण पेशामा योगदान पुराई देशको पर्यटन प्रबर्द्धनमा सहयोग पुराउँदै आएका शेर्पाहरु भबिश्यमा कुनै सुबिधा नभएको र आफ्नो भबिश्य अन्यौल रहेको हुँदा उक्त पेशाबाट पलायन हुने गरेको तर्फ पनि ध्यान आकर्शन गराउदछौँ।

३ नेपालमा बौद्ध धर्मको कतिपय धार्मिक स्थल, स्तुपा चैत्य र गुम्बाहरु अतिक्रमण तथा जीर्ण अवस्था रहेको हुँदा नेपाल सरकारले त्यस्को सुरक्षा तथा जिर्णोधार गर्न माग गर्दछौँ। ती स्थल तथा प्राचीन संरचनाहरु बुद्ध धर्मसँग सम्बन्धित भएता पनि त्यस्ले समग्र नेपालको पर्यटन बिकासमा ठुलो योगदान पुराएको पनि अवगत गराउदछौँ।

४ नेपालमा प्राथमिक तहमा स्थानीय भाषाको अध्ययन अध्यापन गराउने नीति रहेतापनि धेरै जसो शेर्पा गाउँहरुमा शेर्पा भाषाको पढाई नभएको हुँदा त्यसलाई कार्यन्वयन गर्नु पर्ने माग गर्दछौँ।

माथिका बिषयहरु कुनै पनि जाति बिशेषको मात्र नभै नेपाल राष्ट्रको दायित्व र कर्तब्य भएको हुँदा सम्मानानीय प्रधानमन्त्री ज्यूले कार्यन्वयनको लागि सम्बन्धित निकायहरुमा निर्देशन दिनु हुन अनुरोध गर्दै तपाईंको कार्यकालमा देशमा शान्ति, दिगो बिकास, भ्रस्टचार नियन्त्रण जस्ता कार्यहरु गर्न सफल रहोस् भन्ने शुभकामना ब्यक्त गर्दछौँ।

१ निमा शेर्पा– बरिस्ट उपाध्यक्ष, विश्व शेर्पा संघ
२ आङ जाङ्बु शेर्पा–महासचिब, विश्व शेर्पा संघ
३ पसाङ दोर्जी शेर्पा (ए. पि. लामा)– अध्यक्ष, शेर्पा संघ अमेरिका ( सदस्य, विश्व शेर्पा संघ)
४ ई. तेम्बा शेर्पा– अध्यक्ष, शेर्पा किदुग न्युयोर्क अमेरिका ( सदस्य, विश्व शेर्पा संघ)
५ पेम्बा गिर्मे शेर्पा लामा– सचिब, शेर्पा संघ अमेरिका

 

वि.सं.२०८१ असोज ९ बुधवार २१:१५ मा प्रकाशित

ADBL AD
बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

बाढीपहिरोले अन्धकार बनेका तीन पालिकामा दसैँअघि बिजुली बाल्ने प्रयास

काभ्रेपलाञ्चोक । यही असोज ११ र १२ गतेको वर्षापछि अन्धकारमय...

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

पालिकाद्वारा बालविवाह रोक्न बालिका बीमा कार्यक्रम संचालन

लुम्बिनी । रूपन्देहीको गैडहवा गाउँपालिकाले बालिकाको बालिका बीमा गर्ने भएको...

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

दसैँ घरमा बिहीबार फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फुलपाती...

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

सानिमा बैंकद्वारा बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका लागि आर्थिक सहयोग

  काठमाडौं । सानिमा बैंकले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रका...

बाढीले ५० लाख बराबरको केरा नोक्सान

बाढीले ५० लाख बराबरको केरा नोक्सान

इनरुवा(सुनसरी) । सुनसरी सदरमुकाम इनरुवा–४ का विनोद मेहताले दुई बिघा...

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

नागढुङ्गा-नौबिसे सडकको जाम छल्न सीतापाइला-धार्के सडकको प्रयोग

काठमाडौं । अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने...