back
CTIZAN AD

बाढीपहिरोमा परी छ जनाको मृत्यु, २८ राजमार्ग अबरुद्ध, एकसय ५० ठाउमा पहिरो

वि.सं.२०८१ असोज १२ शनिवार

1.2K 

shares

काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा विपद्का घटनामा हालसम्म छ जनाको मृत्यु भएको छ । बाढीपहिरालगायत विपद्मा परी सात जना घाइते र सात जना बेपत्ता भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राससलाई जानकारी दिए ।

पहिरोबाट पाँचथर, धनकुटा, काभ्रेपलाञ्चोक र ललितपुरलगायत जिल्लामा केही घर पुरिँदा मानवीय क्षति भएको छ । क्षतिको पूरा विवरण आउन बाँकी छ ।

बाढीपहिरामा बेपत्ता भएकाको खोजी जारी छ । पछिल्लो विपद्बाट करिब चार सय नागरिक विस्थापित भएका र विस्थापितलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले बताए । उद्धार गरिएका नागरिकको व्यवस्थापनमा तदारुकताका साथ काम भइरहेको छ ।

प्रहरी प्रवक्ता कार्कीका अनुसार एक सय ५० भन्दाबढी स्थानमा बाढीपहिरालगायत विपद्का घटना भएका छन् । २८ स्थानमा प्रायः सबै राजमार्ग, मुख्य सडकमार्गहरु अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउन सबै निकायसँग समन्वय भइरहेको प्रहरी नायब महानिरीक्षक कार्कीले बताए ।

काठमाडौँको नदी करिडोरका सडक बन्द

काठमाडौँको वाग्मती, विष्णुमति, हनुमन्तेलगायत खोलामा जलसतह बढेपछि करिडोरका सडक प्रायः बन्द भएका छन् । सबै खोलामा करिडोर सडकमा पानी उक्लने अवस्था बनेको छ ।

प्रहरीले नदी करिडोर तथा डुबान हुनसक्ने सबै क्षेत्रमा सचेत गराएको प्रवक्ता कार्कीले जानकारी दिए । “नेपाल प्रहरीका टोली देशभरि नै परिचालित भएका छन्, प्रहरीको सम्पूर्ण ध्यान अलिहेको विपद्बाट हुनसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नेमा केन्द्रित छ”, उनले भने ।

मुलुकभर निरन्तर वर्षाको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागले भोलिसम्म अविरल वर्षा हुने पूर्वानुमान गरेको छ ।रासस

वि.सं.२०८१ असोज १२ शनिवार ०९:३९ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...