back
CTIZAN AD

विपन्न र द्वन्द्वपीडितलाई निःशुल्क पठनपाठन

वि.सं.२०८१ असोज १७ बिहीवार

897 

shares

तुलसीपुर (दाङ) । तुलसीपुर उपमहानगरपालिका-१२ स्थित पशुपति माध्यमिक विद्यालय हरीपौरीले गरिब तथा द्वन्द्वपीडित विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आएको छ ।

गरिब, जेहेन्दार, द्वन्द्वपीडित, पिछडिएको वर्ग तथा वडा कार्यालयको सिफारिसमार्फत आउने अन्य विद्यार्थीलाई निःशुल्क पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र अधिकारीले बताए । उनका अनुसार विद्यालय व्यवस्थापन समितिले गरिब, द्वन्द्वपीडितलगायत आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क पठनपाठन गराउने निर्णय गरेको हो ।

सोही विद्यालयबाट एसइई उत्तीर्ण गरी कक्षा ११ मा भर्ना हुने तथा वडा कार्यालयले सिफारिस गरेका विद्यार्थीलाई प्रमाणपत्र निकाल्न पनि कुनै शुल्क नलाग्ने निर्णय गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए । लक्षित विद्यार्थीको आर्थिक अवस्था कमजोर हुने भएकाले यो निर्णय गरी कार्यान्वयनमा ल्याइएको उनको भनाइ छ । उक्त विद्यालयमा कक्षा १२ सम्म व्यवस्थापन सङ्कायमा कक्षा सञ्चालन भइरहेका छन् ।

कक्षा ११ र १२ सञ्चालन भएको चार वर्ष भएको बताउँदै अध्यक्ष अधिकारीले एक जना राहात र एकजना स्थायी शिक्षक मात्रै रहेका जानकारी दिए । “व्यवस्थापन सङ्काय सञ्चालन भएको चार वर्ष भयो, अहिलेसम्म शिक्षक अभाव छ”, उनले भने, “निजी स्रोतबाट शिक्षक ल्याएर पढाउनुपर्ने अवस्था छ ।” निजी स्रोतका शिक्षकलाई वार्षिक रु ११ लाख तलब दिनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

कक्षा ११ र १२ का विद्यार्थीबाट केही शुल्क लिने गरिएकाले निजी शिक्षकलाई तलब खुवाउन सकिएको अध्यक्ष आधिकारीले बताए । निजी शिक्षकलाई तलब खुवाउँदा वार्षिक रु पाँच लाख घाटा हुने बताउँदै उनले अभिभावकको सहयोग र विद्यालयको जग्गा भाडाबाट सङ्कलन भएको रकमबाट घाटा पूर्ति गर्ने गरिएको जानकारी दिए ।

यस विषयमा पटकपटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराइएको भन्दै अध्यक्ष अधिकारीले हालसम्म कुनै सुनुवाइ नभएको उल्लेख गरे । रासस

वि.सं.२०८१ असोज १७ बिहीवार १३:१० मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...