back
CTIZAN AD

भारतीय उद्योगपति रतन टाटाको निधन

वि.सं.२०८१ असोज २४ बिहीवार

1.1K 

shares

नयाँदिल्ली, भारत । टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उनको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो ।

टाटालाई वृद्धावस्थासँगै देखिने कमजोर स्वास्थ्य अवस्थाका कारण अस्पताल भर्ना गरिएको उनको पारिवारिक स्रोतले जनाएको छ । अस्पताल स्रोतका अनुसार उनलाई उच्च रक्तचापको समस्या थियो ।

सन् १९३७ डिसेम्बर २८ मा मुम्बईमा जन्मिएका टाटा रतन टाटा ट्रस्ट र दोराबजी टाटा ट्रस्टका अध्यक्ष भएका थिए । रतन सन् १९९१ देखि सन् २०१२ मा सेवानिवृत्त हुनुअघिसम्म टाटा समूहको ‘होल्डिङ कम्पनी’ टाटा सन्सको अध्यक्ष भएका थिए ।

सन् २००८ मा उनलाई देशको दोस्रो सर्वोच्च नागरिक पुरस्कार पद्म विभूषणबाट सम्मानित गरिएको थियो ।

उनको निधनप्रति राष्ट्रपति द्रोपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखर, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, विभिन्न राज्यका मुख्यमन्त्रीलगायतले दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

राष्ट्रपति मुर्मूले भनेकी छन्, “रतन टाटाको दुःखद निधनमा भारतले एक आइकन गुमाएको छ उहाँले कर्पोरेट विकासलाई राष्ट्र निर्माणसँग र उत्कृष्टतालाई नैतिकतासँग जोडेको छ । राष्ट्रपति मुर्मूले परोपकार र परोपकारमा टाटाको योगदानलाई ‘अमूल्य’ भन्दै प्रशंसा गरेकी छन् ।
एएनआई

वि.सं.२०८१ असोज २४ बिहीवार १३:२९ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...