back
CTIZAN AD

दसैँलाई कोसेली मुस्ताङी स्याउ

वि.सं.२०८१ असोज २५ शुक्रवार

870 

shares

म्याग्दी । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किने ।

“छिमेकी जिल्ला मुस्ताङमा उत्पादन हुने सिजनको फलफुल स्याउ स्वादिलो र रसिलो हुने भएकाले हरेक वर्ष दसैँमा कासेली लैजाने चलन छ”, उनले भने, “अन्य ठाउँमा उत्पादन हुने स्याउको तुलनामा मुस्ताङी स्याउ स्वादिष्ट र स्वस्थकर भएकाले ग्राहकको रोजाईमा परेको हो ।”

लामो समयसम्म भण्डारण गर्न सकिने र आयातित भन्दा सस्तो भएकाले म्याग्दीलगायत गण्डकी प्रदेशका जिल्लामा दसैँ तिहार जस्ता चाडपर्वमा मुस्ताङी स्याउको खपत धेरै हुने गर्छ ।

बेनीका फलफुल पसलहरुमा बिहीबार दिनभर स्याउ किन्नेको चहलपहल थियो । बेनीका व्यापारी विद्यानन्द शाहले अन्य समयको तुलनामा स्याउको ब्यापार दश गुणा बढी भएको बताए ।

“अघिपछि दैनिक १० किलोग्रामको अनुपातमा स्याउ बिक्री हुन्छ,” उनले भने, “दसैको याममा दैनिक दुई सय किलोग्राम स्याउ ल्याउँदा पनि पुग्दैन ।” विजयादशमीको टीका र जमरा लगाएपछि स्याउ, केरा, कुराउनी, अम्बा जस्ता फलफुल प्रसाद दिने चलन छ ।

घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आर्शीवाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउनै बोकेर जाने गरेको बेनपा–२ की सुजता शर्माले बताए ।

कृषक र व्यापारीहरुका अनुसार मुस्ताङमा उत्पादन भएको स्याउ दसैँमा धेरै खपत हुने गर्छ । स्याउ ब्यापारी सिवाङ तामाङले दसैँका लागि २० ट्रक स्याउ मुस्ताङबाट पोखराको मण्डीमा पठाएको बताए । दसैँमा माग उच्च हुुने भएकाले अघिनै टिपेर बजार पठाउने गर्छन् । चाडपर्वको समयमा स्याउले मूल्य पनि राम्रो पाउँछ ।

बेनीमा प्रतिकिलोग्राम दुई सय २० का दरले मुस्ताङी स्याउ बिक्री भएको छ । मुस्ताङमा स्याउ जोन कार्यक्रम सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुुनिकीकरण परियोजनाका निमित्त वरिष्ठ कृषि विकास अधिकृत नेत्रप्रसाद भट्टले दसैँमा मुस्ताङमा उत्पादन भएको स्याउको ठूलो मात्रा खपत हुने बताए ।

चाडपर्वको अलावा मुस्ताङ घुम्न आउने पर्यटक र पाहुुनाहरुले कोसेलीको रुपमा स्याउ, स्याउको सुुकुटी, स्याउको मदिरा, ओखर, जिम्बुु, स्थानीय जातको सिमिको दाल किनेर लैजान्छन् । दसैँअघिको तीज र पछिको तिहार तथा छठ पर्वका लागि पनि मुस्ताङको स्याउ बजार पठाउने गरिएको मार्फाका कृषक लालप्रसाद हिराचनले बताए ।

मुस्ताङका बगैचामा पाकेका स्याउले बास्नादार भएका छन् । किसान र व्यापारीहरुलाई स्याउ टिपेर बजार पठाउने चटारो छ । यसपाली उच्च घनत्व जातको स्याउ भदौको १० र १५ गतेबाट टिप्न थालिएपनि स्थानीय जातको स्याउ असोज १ गतेदेखि टिपेर बजार पठाउन थालिएको थियो ।

अनुकुल मौसम, बगैचा व्यवस्थापन, रोग, किराको समस्या कम देखिएकाले उत्पादन वृद्धिसँगै गुणस्तर पनि बढेको कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि प्रसार अधिकृत निशान खड्का मगरले बताए । गत वर्षको तुलनामा २५ देखि ३० प्रतिशतले स्याउ उत्पादन बढेको उनले बताए ।

मुस्ताङको एक हजार ४७५ हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा ५८० हेक्टर क्षेत्रफलमा लगाइएको स्याउ बोटले उत्पादन दिने गरेको छ । ३८ हेक्टर क्षेत्रफल जमिनमा इटलीबाट ल्याइएको उच्च घनत्वको स्याउ खेती भएको छ । गत वर्ष चार हजार नौ सय ७५ मेट्रिकटन स्याउ उत्पादन भएको र रु. ४९ करोड २५ लाख बराबरको स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

म्याग्दी, बागलुुङ, पोखरा, चितवन, बुटवल, काठमाडौँलगायतका सहरका व्यापारी बगैचामा नपाक्दै अग्रिम पैसा दिएर ठेक्कामा स्याउ खरिद गरेका छन् । बिक्री नहुने साना दाना भएका स्याउ मदिरा र सुुकुटी बनाउन प्रयोग हुन्छ ।

वि.सं.२०८१ असोज २५ शुक्रवार ०६:४४ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...