back
CTIZAN AD

डडेलधुरामा बोराभित्र भेटियो बालिकाको शव फेला

वि.सं.२०८१ असोज २६ शनिवार

1.2K 

shares

कैलाली । डडेलधुरामा एक बालिकाको शव भेटिएको छ । अमरगढी नगरपालिका–७ पोखरा बजारमा १४ वर्षीया आरती भट्टराईको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी प्रहरी निरीक्षक उपेन्द्र बमले बताए । आरती त्यही ठाउँकी हुन् ।

गयराति ९ बजेपछि प्लास्टिकको बोरामा राखेर शव फ्याँकेको खुल्न आएको प्रहरीले बताएको छ । बलात्कारपछि हत्या गरेर शव फ्याँकिएको आशंका मृतकका आफन्तले गरेका छन् । स्थानीयले शव रहेको राति सूचना दिएको र आज बिहान डीएसपी सुगन्ध श्रेष्ठको टोली घटनास्थलमा खटिएको प्रहरीले विज्ञप्ति निकालेर जनाएको छ ।

सो क्रममा अमरगढी–७ पोखरा बस्ने ५८ वर्षीय टेक भण्डारीको म. १ प १४५४ नम्बरको मोटरसाइकल घटनास्थलनजिकै नालामा फालेको अवस्थमा भेटिएको र निज भण्डारीलाई पक्राउ गरिएको छ । प्रहरीले आज बिहान शव उठाएर पोस्टमर्टमका लागि डडेलधुरा अस्पताल पठाएको जनाएको छ ।

वि.सं.२०८१ असोज २६ शनिवार ११:५५ मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...