back
CTIZAN AD

भन्सार छलेर भित्र्याइएका सामान बरामद

वि.सं.२०८१ कात्तिक ५ सोमवार

948 

shares

वीरगञ्ज (पर्सा) । सशस्त्र प्रहरी बलले आइतबार पर्साका विभिन्न स्थानबाट भन्सार छली गरेर ल्याएको रु १८ लाख ५० हजार मूल्यका लत्ताकपडासहित किरानाका सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले आइतबार वीरगञ्ज महानगरपालिका–१६ इनर्वास्थित भन्सार छली गरेर ल्याएको रु १४ लाख ६० हजार मूल्य पर्ने किराना सामान, कपडा, कस्मेटिक, मोटरपार्टस्, मोबाइल एसेसोरिज, इलेक्ट्रोनिक्स तथा मेडिकलका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक विष्णुहरि घिमिरेले सशस्त्र प्रहरीको सक्रियता बढाएसँगै भन्सार छली गरेर ल्याएका सामान पक्राउ पर्ने क्रम बढेको बताउनुभयो । उहाँले भन्सार छली गरेर बरामद भएको सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा आवश्यक प्रक्रिया पुर्याएर बुझाएको जानकारी दिए ।

सशस्त्र प्रहरीले आइतबार नै ड्राइपोर्टबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–२५ स्थित चण्डालबाट भन्सार छली गरेर ल्याएको रु एक लाख ६९ हजार मूल्य पर्ने जुत्ता, कपडा र किराना सामान बरामद गरेर वीरगञ्ज भन्सार कार्यालयलाई बुझाएको छ ।

यसैगरी गत शनिबार प्रस्तावित सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१९ बर्वास्थित रु दुई लाख २८ हजार मूल्य पर्ने किनाराका सामान, इलेक्ट्रिक सामान, मोटर पार्टस्, कपडा तथा खेलौनाका सामान बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको छ ।

वि.सं.२०८१ कात्तिक ५ सोमवार १०:२७ मा प्रकाशित

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

भोटेकोशी विपद्ममा विश्व समुदायको ध्यानाकर्षण गराउन बुद्धिजीवी संगठनको आग्रह

काठमाडौं । नेपाल बुद्धिजीवी संगठनले भोटेकोशी नदीमा आएको भीषण बाढी...

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

पहिरोको जोखिम बेलैमा सम्बोधन नगर्नु ठूलो गल्ती : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पहिरोको जोखिम बेलैमा पहिचान...

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

शव व्यवस्थापन अस्थायी भण्डारण मात्र भएको भनाइ

नारायणगढ ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी...

नाइमाद्वारा ५० लाख सहयोग

नाइमाद्वारा ५० लाख सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार...

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

मकवानपुर हुँदै काठमाडौँ जाने सवारीसाधनको चाप बढ्यो 

हेटौँडा ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर...

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

हराइरहेका मधेस प्रदेशका  ३० जना सम्पर्कमा

जनकपुरधाम । रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३०...