back
CTIZAN AD

बहिरङ्ग सेवा दिँदै नगर अस्पताल

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

828 

shares

कागेश्वरी (काठमाडौँ) । यहाँस्थित कागेश्वरी मनोहरा नगर अस्पतालले दैनिक १० घण्टा बहिरङ्ग सेवा उपलब्ध गराउँदै आएको छ । बिरामीले बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म बहिरङ्ग सेवामार्फत उपचार गराइरहेको अस्पतालका मेडिकल अधिकृत डा सन्तोष रम्तेलले जानकारी दिए ।

उनले भने, “हामीकहाँ बहिरङ्ग (ओपिडी) अन्त जस्तो नर्मल छैन । साँझ ५ बजेसम्म त टिकट काट्छौंँ । यदि कोही डा खाली भएमा पौने ६ बजेसम्म टिकट काटेर जाँच गर्छौंँ ।” उनका अनुसार यस अस्पतालमा दैनिक पाँच सयको हाराहारीमा सेवाग्राही आउने गर्छन् । “कार्यविधि बनाएरै प्रत्येक दिन एक सय ५० जना बिरामीको उपचार गर्छौँ,” मेडिकल अधिकृत रम्तेलले भने ।

अस्पतालमै कार्यरत अर्का डाक्टर निवेश सुवेदीले अस्पताल स्तरोन्नतिको प्रक्रियामा रहेको बताए । सुरुवातमा १५ शय्याबाट सञ्चालन थालिएको सो अस्पताल अब ५० शय्याको स्तरोउन्नति प्रक्रियामा रहेको उनले बताए । उनका अनुसार यस अस्पतालले स्याटलाइट ओपिडीसमेत सञ्चालन गरेको छ ।

स्याटलाइट ओपिडी सेवाबाट कागेश्वरी मनोहरा नगरपालिका-१ गागलक्षेत्रका स्थानीय लाभान्वित भएको उनले सुनाए । दुर्गम गागल क्षेत्रमा स्थानीय तहद्वारा सञ्चालित “मेयरसँग ज्येष्ठ नागरिक” र “मेयरसँग बालबालिका” कार्यक्रम अति उपयोगी भएको डाक्टर सुवेदीको भनाइ छ ।

यी कार्यक्रमबाट ६० वर्ष माथिका ज्येष्ठ नागरिकले उपचारसँगै अल्ट्रासाउण्ड, इसिजी, औषधिलगायतका निःशुल्क सुविधा प्राप्त गरेका छन् ।

अस्पतालको सेवा सन्तोषजनक रहेको सेवाग्राही सीतादेवी खड्काले बताए । मुटुको समस्याले ओखलढुङ्गाबाट उपचारका लागि आएकी उनले उपचारपश्चात निकै बिसेक भएको बताए ।

अस्पताललले १० घण्टा बहिरङ्ग सेवा दिँदा सेवाग्राहीलाई सहज भएको स्थानीय भीमराज खड्काले बताए । “अफिस छुट्टी लिएर अस्पताल धाउनुपर्ने बिरामीका लागि सहज भएको छ,” खड्काले भने । रासस

वि.सं.२०८१ कात्तिक ८ बिहीवार १५:१४ मा प्रकाशित

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...