back
CTIZAN AD

नदीमा पुल नहुँदा आवतजावतमा समस्या

वि.सं.२०८१ कात्तिक ८ बिहीवार

663 

shares

कुनौली (सप्तरी) । यहाँको तिलाठी कोइलाडी गाउँपालिका– १ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन् । दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो । यही नाकामा पर्ने खाँडो–जीता नदीमा पुल नहुँदा पैदलयात्रीलाई आवतजावतमा समस्या हुने गरेको छ ।

अन्य समयमा नदीमा कम पानी भएकाले जसोतसो ओहोरदोहोर गरिए पनि वर्षायामको बेला जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका–१ का दिपेन्द्र यादवले बताए ।

“हाम्रो दिदिबहिनी भारत बिहे गरेर गएका छन्, उताका पनि यहाँ आएका छन्, साउन भदौमा बाढीले आवतजावत गर्नै सकिन्न”, उनले भने, “तिलाठी, बेल्ही, सकरपुरा, विरपुर, लोखरमलगायत दर्जनौँ ठाउँका मान्छेले यही बाटोहुँदै हिँड्नुपर्छ, अर्को बाटो जाँदा १५/२० किमी घुमेर जानुपर्छ, पुल नहुँदा धेरै समस्या छ ।”

राजविराज भन्सार कार्यालय अगाडि चार दशकदेखि चचरी (बाँसको पुल)बाट आवतजावत गरिन्थ्यो । पुल व्यक्तिगत लगानीमा बेल्हीका छेदी राय र उनीपछि छोरा रामचन्द्र रायले बनाउँदै आएका थिए । नजिकका गाउँलेबाट पुल प्रयोग गरेबापत बर्सेनि धान, चामल, गहुँ लिने र टाढाका व्यक्तिले पुलपार गर्दा न्यूनतम शुल्क लिने गरिन्थ्यो ।

विसं २०७८ जेठमा चचरी बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि चचरी पनि छैन् । “चचरी हुँदा त्यति समस्या थिएन् वर्षायाममा साइकल मोटरसाइकल तार्न सकिन्थ्यो”, स्थानीयवासी बैजु साहले भने ।

भारतीय बजारबाट यस नाकाहुँदै आउने मालबाहक गाडी वर्षायाममा रोकिन्छन् । बाढीले विगत तीन दशकदेखि कटान हुँदा समस्या भएको तिलाठी कोइलाडी गाउँपालिका– १ का वडाध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ । उनले यहाँ सङ्घीय सरकारले पुल निर्माण गर्नुपर्ने बताए ।

उनले मितेरी पुलको अत्यन्तै आवश्यकता रहेको बताए । “दुई देशबीचको मात्र सम्बन्ध छैन् यहाँ त परिवार–परिवार, व्यक्ति–व्यक्तिको सम्बन्ध छ, त्यसलाई थप मजबुत बनाउन पनि यी समस्या समाधान हुनुपर्छ”, उनले भने । मालबाहक गाडी र अन्य गाडीको सहज आवतजावत नहुँदा भन्सार कार्यालयको राजस्व सङकलनमा प्रत्यक्ष असर पर्ने गरेको भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकास भगतले जानकारी दिए । रासस

वि.सं.२०८१ कात्तिक ८ बिहीवार १५:५८ मा प्रकाशित

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

समसामयीक विषय सम्वन्धमा धारणा सार्वजनिक गर्दै काँग्रेसले औल्यायो सरकारका १५ असफलताहरु (हेर्नुस् पूर्ण वक्तव्यसहित )

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार सुशासन, पारदर्शिता...

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

लगानी बोर्डको सीईओमा याङ्की उक्याब, यस्ता छन् सरकारको निर्णयहरु

काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा...

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको  ध्यानाकर्षण

एलपी ग्यासको अभाव र महँगीविरुद्ध अनेमसंघद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं । अखिल नेपाल महिला सङ्गठनले एलपी ग्यासको कृत्रिम अभाव,...

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

जी.बी. राना र सावित्रा थापाद्वारा लिखित मगर भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण

स्याङ्जा, वालिङ । युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको...

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

नेपाल बैंक र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल प्रा.लि बीच सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरु र बैकमा...