back
CTIZAN AD

माओवादको खबरदारी सभा : ३५ हजार जना जम्मा हुँदै

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार

1.1K 

shares

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकार विरुद्ध शनिवार काठमाडौँमा गर्न लागेको विरोध प्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव दिननाथ शर्माले जानकारी दिएका छन् ।

उनका अनुसार प्रदर्शनमा काठमाडौँ उपत्यका सहित बाग्मती प्रदेशका विभिन्न नेता, कार्यकर्ता, शुभचिन्तक, सबै जन वर्गीय सङ्गठनहरू सहभागी हुने छन् । प्रदर्शनी मार्गमा हुने विरोध सभालाई माओवादी केन्द्रले ‘खबरदारी सभा’ नाम दिएको छ ।  माओवादी केन्द्रका गण्डकी प्रदेश इन्चार्ज समेत रहेका शर्माले प्रदर्शन भ्रष्टाचार र बेथितिविरुद्ध केन्द्रित हुने बताए ।

‘खबरदारी सभा सुरु हुनुअघि बिहान साढे ११ बजे भद्रकाली, सुनधारा र काठमाडौँ मल अगाडि कार्यकर्ताहरू भेला हुनेछन् । त्यसपछि जुलुस सुरु हुने छ ।’ उनले भने, ‘प्रदर्शनमा सहभागीहरूले राष्ट्रिय झन्डा, पार्टीको झन्डा, ब्यानर, नारा लेखिएका प्लेकार्ड बोक्ने छन् । जुलुसको बिचमा साउण्डसिस्टम जडित तीन वटा गाडीहरू हुनेछन् । सहभागीहरूले सरकारविरुद्ध नारा लगाउने छन् ।’

सचिव शर्माले जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपको सडकमा पुगेर सभामा परिणत हुने बताए । सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ ।

‘सभामा न्यूनतम २० हजार देख ३५ बढीमा ५० हजार जना सहभागी हुने अनुमान छ । तर, ३५ हजार जना अनिवार्य उपस्थित हुनेछन् । उनका अनुसार राष्ट्रिय सभागृह अगाडिको सडकमा मञ्च तयार गरिएको छ ।

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार ११:४५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...