back
CTIZAN AD

सोसल मिडिया, प्रविधिमा युवा पुस्ता

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार

1.5K 

shares

प्रविधिको विकाससँगै भइरहेको नयाँ नयाँ प्रयोगले सोसल मिडियाप्रति युवा पुस्ताको रुचि बढेको छ । यसको सकारात्मक/नकारात्मक दुवै पक्ष रहेको अधिकांश प्रयोगकर्ता स्विकार्छन् । तर, यसलाई सामाजिक बनाउने कि असामाजिक? हरेक प्रयोगकर्ताको सोचमा भर पर्छ ।

सोसल मिडिया, प्रविधिमा नै यो रिपोर्टको शब्द कुञ्जी बनेको छ ।  पछिल्लो समय फेसबुक, टिकटक, ट्विटर, ह्वाट्सएप, वाई च्याट, टिम्स गुगल लगायतका सामाजिक सञ्जाल (सोसल मिडिया) छन् । गुगलले सन् २००३ मा सुरु गरेको एडसेन्स फिचरबाट पनि ब्लगर, युट्युबर र इन्फ्लुएन्सरहरूले सूचना प्रविधिको प्रयोग मार्फत समाजमा प्रचार प्रसार गर्छन् । जुन सोसल मिडियाद्वारा हुन्छ । एडसेन्सले कस्ट पर क्लिक (सीपीसी) र कस्ट पर थाउजन्ड इम्प्रेसन (सीपीएम)का आधारमा क्रिएटरले सोसल मिडियाद्वारा पैसा समेत पाउने गर्छन् । सोसल मिडियामा गुगलले युट्युब किनेपछि एडसेन्स कार्यक्रम असाध्यै लोकप्रिय बन्यो ।

हार्वर्ड विश्वविद्यालयका आफ्ना साथीहरूसँग जोडिन मार्क जुकरबर्गले सन् २००४ मा  फेसबुक निर्माण गरेका थिए । सन् २००६ मा ज्याक डोर्सीले ‘ओडियो’ नामक उनको पडकास्टिङ कम्पनीका सहकर्मीले एक–अर्कालाई छोटा सन्देशहरू पठाउन सकुन् भनेर ट्विटर बनाएका थिए । सूचना साझा गर्न र सम्बन्धहरू जोड्न सामाजिक सञ्जालको सुरुवात भएको हो । यसैमा समाचार, विज्ञापन बढ्न थालेपछि सोसल मिडिया भरपर्दो सञ्चार माध्यम भएको छ ।

त्यसो त सोसल मिडियामा व्यापारिक प्रवर्द्धनका विज्ञापन, दान र बिक्रीमार्फत पैसाको कारोबार समेत हुने गरेको छ । सन् २०२१ मा फेसबुकले मूलतः डिजिटल एड्भर्टाइजिङबाट १ सय १७ अर्ब डलर आम्दानी गरेको छ भर्ने टिकटकले ५ अर्ब डलर कमाएको अन्तर्राष्ट्रिय समाचार माध्यम दी इकोनोमिक्स टाइम्सले जनाएको छ ।

सो मिडियाका अनुसार गत वर्ष सोसल मिडिया टिकटकले बेलायत, जर्मनी, इटली, फ्रान्स र स्पेनका उत्पादकलाई ७ करोड अमेरिकी डलर छुटायो र आगामी वर्षमा विश्वभर टिकटक प्रयोगकर्तालाई पुरस्कार स्वरूप ३० करोड अमेरिकी डलर दिने घोषणा गरेको छ । यस्तै फेसबुकले प्रयोगकर्ताका लागि पुरस्कार दिन १ खर्ब डलरको कोष खडा गरेको छ ।
कान्तिपुरको कोसेलीमा २०७९, जेठ १४ गतेको अङ्कमा कान्तिपुरकर्मी सजना बरालले भर्खरैको स्थानीय तह निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले गर्दा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइन मिडियामा समाचार प्रकाशित भए । तर उनीहरूकै पहलमा सामाजिक सञ्जाल (सोसल मिडिया) मा प्रत्यक्ष, अप्रत्यक्ष प्रचार प्रसारका साथै समाचार अपडेट समेत भएको उल्लेख गरेकी छन् ।

उनले कोसेली मार्फत निर्वाचन प्रचार शैली डिजिटाइज हुँदै गएको यो पनि एउटा सानो उदाहरण दिदै निर्वाचन आयोग स्वयंले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूका लागि निर्वाचनसम्बन्धी सन्देश प्रचार गर्न नगद पुरस्कारसहितको प्रतियोगिता आह्वान गरेको जनाएकी छन् ।

तर सूचना प्रवाहमा सामाजिक सञ्जाल जानेको निर्वाचन आयोगले वैशाख ३० मा भएको निर्वाचनका लागि डिजिटल स्पेसबाट गरिने प्रचारप्रसारको खर्चबारे भने कुनै संहिता नबताएको सबैलाई प्रस्ट छ । कान्तिपुरकर्मी बरालले सामाजिक सञ्जालबाट गरिने विज्ञापनका विषयमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ‘बिबिसी नेपाली सेवा’ को वैशाख २८ को राती सवा ९ बजे कार्यक्रममा भनेका थिए, ‘उम्मेदवारको खर्चको सीमा तोक्दा सामाजिक सञ्जालबाट पनि ठुलो खर्च हुन्छ र विज्ञापन हुन्छ भन्ने कुरालाई हामीले राम्ररी आकलन गर्न सकेनौँ । आउँदो चुनावलाई यो पाठ भयो ।’

त्यसैले पत्रकारितामा उल्टो पिरामिड हुन्छ भनेर अध्ययन अध्यापन भए पनि पत्रकारिताका विभिन्न जानकारका अनुसार यो समयानुसार परिवर्तन हुँदै जान्छ तर पत्रकारिताको इतिहास बिर्सनु हुँदैन ।

पछिल्लो समय पत्रकारिता डिजिटलाइजेसन हुँदै गएको छ । सबै सञ्चार माध्यमले आफ्नो प्रकाशन, प्रसारणलाई सोसल मिडियामा जोडेका छन् । कुनै पनि पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनहरू फेसबुक, टिकटक, ट्विटर, ह्वाट्सएप, वाई च्याट, टिम्स गुगल लगायतका सोसल मिडियामा जोडिएका छन् । यिनीहरूका साथै विज्ञापन गर्न एड एजेन्सी तथा नेतादेखि, कलाकार, खेलाडी, सर्वसाधारण सोसल मिडियामा जोडिएका छन् ।

कोभिड १९ का बेला भएका लकडाउनमा नेपालका विश्वविद्यालयले सबै शैक्षिक संस्थालाई सोसल मिडियाकै माध्यमबाट अध्ययन, अध्यापन गर्न गराउन लगायो । जुन परीक्षा समेत सोसल मिडियाकै माध्यम मार्फत भयो । अनलाइन कक्षा भनेको जानी, नजानी प्रयोगमा आयो सबै शैक्षिक संस्थामा यौ नै सामाजिक सञ्जाल अर्थात् सोसल मिडिया हो । त्यसो त कतिपय दुर्गम स्थानका शैक्षिक संस्थामा नेटको अभावले पढाइमा समस्या नआएको भने होइन ।

मङ्सिर ८ २०७७ को कान्तिपुर दैनिकमा लीना दुवाडीले सोसल मिडियालाई लतको रूपमा उल्लेख गरेकी छन् । उनले ४ महिना सोसल मिडियाको टिकटकबाट हट्न लागेको अनुभवबारे लेख लेखेकी छन् । यसबाट पनि थाहा हुन्छ कि सोसल मिडिया प्रयोगका लागि मात्र स्थान दिनुपर्छ, होइन भने समय खेर जानुको विकल्प छैन ।

पत्रकारिता विषयमा सोसल मिडिया एउटा विषयको रूपमा अध्ययन अध्यापन हुन्छ । ग्लोबल मिडिया अन्तर्गत पढ्नुपर्ने यस विषयबाट सबैले आधुनिक प्रयोगको महत्त्व मात्र नभएर यसबाट हुने विनाशका कुरा बुझ्न आवश्यक छ ।
सोसल मिडियाद्वारा राम्रा काम पनि धेरै भएका छन्, तर यसका अधिकांश प्रयोगकर्ताले वास्तविकता जीवनभन्दा आफ्नो सूचना प्रविधिलाई बढी प्राथमिकतामा राख्दा अहिले विश्वभरि हरेक ५ मध्ये १ जना कुनै न कुनै रूपले मानसिक असन्तुलनको सिकार बनेको दी इकोनोमिक टाइम्सको सर्भेले देखाएको छ ।

एप्पल कम्पनीका संस्थापक स्टिभ जब्सले सन् २०११ मा आफूले छोराछोरीलाई आफ्नै कम्पनीले उत्पादन गरेका फोन, आइप्याड लगायतका प्रविधि प्रयोग गर्न नदिएको स्वीकारेका थिए । माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि आफूले छोराछोरीलाई १४ वर्ष नपुग्दासम्म फोन प्रयोग गर्न नदिएको स्वीकारेका छन् । यसबाट प्रस्ट हुन्छ कि सोसल मिडिया प्रयोगबाट फाइदा मात्र नभई समस्या पनि हुने भएकाले सजग हुनुको विकल्प छैन ।

 

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १४:३५ मा प्रकाशित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

टुर्गानको ३३औँ साधारणसभाबाट अध्यक्षमा प्रभा लक्ष्मी प्रधानाङ्ग निर्वाचित

काठमाण्डौ । प्रभा लक्ष्मी प्रधानाङ्गको नेतृत्वमा नयाँ कार्य समितिको चयनसँगै...

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

चिट काटेवापत ट्राफिकले भत्ता पाउने भन्ने समाचार भ्रामक : नेपाल प्रहरी

काठमाडौं । नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लङ्घनबापत संकलन...

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

सामसङ नेपालद्वारा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक: AI सुविधाहरू, इमर्सिभ डिस्प्ले, र ६- वार्षिय सपोर्ट

काठमाडाैँ । सामसङले आधिकारिक रूपमा नेपालमा ग्यालेक्सी A27 5G सार्वजनिक...

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको निधन

काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारको क्रममा...

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...