back
CTIZAN AD

ठूला जलविद्युत आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार

891 

shares

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजनालाई अगाडि बढाउनका लागि आज लगानी बोर्डसँग मन्त्रालयमा छलफल गरेका हुन् ।

मन्त्री खड्काले जलविद्युत् क्षेत्रका राष्ट्रिय गौरवका आयोजना र अन्य आयोजना त्यसको विकास र वर्तमान अवस्थाको बारेमा छलफल गरेका मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए ।

बैठकमा अपर कर्णाली जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, वेतन कर्णाली जलविद्युत् आयोजना, अरुण तेस्रो जलविद्युत् आयोजना, पश्चिम सेती जलविद्युत् आयोजनाजस्ता आयोजनालाई सञ्चालन तथा विकास गर्नको लागि छलफल भएको थियो । “ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउनका लागि आवश्यकपर्ने लगानी, पूर्वाधार, कानुनी रुपरेखासहित विषयलाई समन्वयनात्मक तवरले अगाडि बढाउन बारेमा छलफल भएको छ,” वरिष्ठ ऊर्जा विज्ञ अधिकारीले भने ।
बैठकमा जलाशययुक्त ठूला जलविद्युत् आयोजना निर्माण गर्दा आवश्यक पर्ने वित्तीय तथा व्यवस्थापकीय पक्षलाई बलियो बनाउँदै अगाडि बढ्नुपर्ने विषयमासमेत छलफल भएको छ । बैठकमा मन्त्रालयका सचिव सुरेश आचार्य, सहसचिव चिरञ्जीवी चटौत, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, मन्त्रालयका अर्थ विज्ञ अमित श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

वि.सं.२०८१ कात्तिक ९ शुक्रवार १५:४८ मा प्रकाशित

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

ओलीको शर्तमा कोशीमा हिक्मत कार्कीकै निरन्तरता

काठमाडौं । कोशी प्रदेश सरकारको नेतृत्व परिवर्तन हुने चर्चा चलिरहेका...

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

सरकारी कर्मचारीको नयाँ तलबमान स्वीकृत, अब कसको तलब कति ? 

  काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत...

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

बिपी कोइराला क्यान्सर अस्पतालमा ‘बोनम्यारो’ प्रत्यारोपणको तयारी

चितवन । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले ‘बोनम्यारो’ (रक्तमासी)...

पेरिसमा अधिकारीका एकल काव्य साँझ

पेरिसमा अधिकारीका एकल काव्य साँझ

काठमाडौँ । फ्रान्सका लागि नेपालका राजदूत सुधीर भट्टराईले फ्रान्समा नेपाली...

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

ग्वार्कोमा बस दुर्घटना : एकको मृत्यु, १० जना घाइते

काठमाडौं । ललितपुरको ग्वार्कोमा बिहीबार बिहान बस दुर्घटना हुँदा एक...

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

एकै दिन आठ हजारले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...