back
CTIZAN AD

बजेट अभावमा योजना अलपत्र

वि.सं.२०८१ कात्तिक ११ आइतवार

576 

shares

राँझा (बाँके) । धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु भएको धार्मिक पर्यटनमार्ग योजना बजेट अभावका कारण अलपत्र छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर निर्माण गर्ने भनिएको पर्यटन मार्गको काम बजेट अभावमा कार्यान्वयन हुननसकेको हो ।

जिल्लाका प्राचीन मन्दिर तथा धार्मिक क्षेत्रलाई नेपालगञ्जस्थित वागीश्वरी मन्दिरसम्म जोड्दै बैजनाथको गाभरमा रहेको पारिजात बगानसम्म पु¥याउने पर्यटन मार्गको योजनाले गति नलिएको धार्मिक पर्यटन मार्ग संरक्षण तथा प्रवर्द्धन समितिका अध्यक्ष कृष्ण भुसालले बताए ।

प्रस्तावित पर्यटन मार्गमा बाँके राप्तीसोनारी गाउँपालिका–१ स्थित शिवमन्दिर, वडा नम्बर ३ बैजापुरस्थित भुवरभवानी मन्दिर वडा नम्बर ४ स्थित वर्फानी बाबा, वडा नम्बर ७ फत्तेपुरस्थित पोखरामाता मन्दिर, नरैनापुरको सन्तानेश्वर महादेव मन्दिर हुँदै नेपालगञ्जको वागीश्वरी मन्दिरलाई समेटिएको छ ।

त्यसैगरी कोहलपुरको कालिका मन्दिर,रामजानकी मन्दिर हुँदै बैजनाथ गाउँपालिकामा रहेको मानसरोवर प्रतीकस्थलमा पु¥याउने र अन्तिममा गाभरक्षेत्रमा रहेको पारिजात बगानमा पु¥याउने गरी मार्ग तय गरिएको अध्यक्ष भुसालले बताए ।

“जिल्लामा रहेका कतिपय ऐतिहासिक मठमन्दिरको प्रचार प्रसार र संरक्षण नहुँदा जीर्ण छन्भने आफ्नै गाउँठाउँका धार्मिक पर्यटकीय स्थलको वारेमा जिल्लावासीलाई जानकारी छैन”, अध्यक्ष भुसालले भने, “धार्मिक पर्यटकीय क्षेत्रको प्रचार एवं संरक्षण गर्न समिति प्रयासरत छ ।”

पर्यटनमार्ग बनाएर प्रचार प्रसार गर्दा एकैपटक धेरै धार्मिक स्थलको अवलोकन गर्न सकिने भएकोले यसले पर्यटन प्रवद्र्धनमा सकरात्मक भूमिका निर्वाह गर्ने जिल्ला पर्यटन प्रवद्र्धन समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले बताए ।

प्रस्तावित पर्यटनमार्गले सहरका आन्तरिक पर्यटकलाई गाउँ– गाउँसम्म पुग्ने र समाज बुझ्ने अवसर प्रदान गर्ने गाभर भ्याली सामुदायिक होमस्टेका अध्यक्ष कृष्ण चौधरीले बताए । उनले गाभरमा रहेको पारिजात बगानलाई समेत मार्गमा समेटिएकोले यसले समग्र गाभर क्षेत्रकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।

बाँकेका सन्तानेश्वर, बावा बर्फानी, भुवर भवानीलगायत पर्यटकीय क्षेत्रमा दैनिक सर्वसाधारण जाने गरेका छन्भने वागीश्वरी मन्दिरमा प्रत्येक सोमवार हुने महाआरतीमा भक्तजनको भीड लाग्ने गरेको छ ।

बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य सूर्य ढकालले जिल्लाका ऐतिहासिक मठ मन्दिर तथा धार्मिक स्थलको प्रवद्र्धन र संरक्षणका लागि चालु उनले पर्यटनमार्ग निर्माणमा बजेट उपयोग गरिने जानकारी दिए ।

 

वि.सं.२०८१ कात्तिक ११ आइतवार १२:२५ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...