back
CTIZAN AD

राजनीतिक प्रतिशोध त्यागेर सभापतिको रिहाइ गर्न रास्वपाको माग

वि.सं.२०८१ कात्तिक ११ आइतवार

1.3K 

shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति एवं संसदीय दलको नेता रवि लामिछानेलाई रिहाइको माग गरेको छ ।
शनिवार बसेको केन्द्रीय समितिको बैठकले राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको र अनुसन्धानको नाममा थुन्ने र मानसिक दबाब दिने षडयन्त्र देखिएकाले सरकारसँग अविलम्ब राजनीतिक प्रतिशोध त्यागी रिहाइको माग गरेको प्रवक्ता मनिष झाले बताए ।

बैठकले राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेथिति विरुद्ध एवं सहकारी पीडितको ८८ अर्ब फिर्तासहितको न्यायका लागि निरन्तर आन्दोलन जारी राख्ने राख्ने निर्णय पनि गरेको उनले बताए ।
बैठकले आन्दोलन सञ्चालन गर्न पार्टी उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ७ प्रदेश सभापतिसहितको आन्दोलन सञ्चालन मूल समिति गठन गर्ने गरेको छ ।

प्रवक्ता झाले भने, ‘राजनीतिक नागरिक संवादका लागि पार्टी उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा समिति गठन गर्ने, सातै प्रदेशमा आन्दोलन सञ्चालन प्रदेश समिति गठन गर्ने । आवश्यक उपसमितिहरू गठन गर्ने अख्तियारी सम्बन्धित समिति स्वयंलाई दिनेछ ।’

पार्टीले विषम परिस्थितिवश स्थगित गरेको जिल्ला भेलाहरू, सांगठनिक र पार्टी गतिविधि सूचारु गर्ने पनि निर्णय गरेको छ। यस्तै, स्थानीय तह उपनिर्वाचन संयोजन समितिलाई ३ दिनभित्र कार्ययोजना पेश गर्न निर्देशन बैठकले दिएको उनले बताए ।

वि.सं.२०८१ कात्तिक ११ आइतवार १३:२१ मा प्रकाशित

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई मन्त्रालयको आग्रह

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन...

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

खोलामा बगेको अवस्थामा भेटिएका वृद्धको पहिचान खुल्यो

भद्रपुर (झापा) । झापाको अर्जुनधारा नगरपालिका–२ स्थित टाँगटिङ खोलामा बगेको...

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

सदस्यता प्रणाली पूर्णरुपमा ‘डिजिटल’ बनाउँदै एमाले

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी सदस्यता प्रणालीलाई पूर्णरूपमा...

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...