back
CTIZAN AD

सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक नेसनल युनिभर्सिटीबीच सहकार्य हुने

वि.सं.२०८१ कात्तिक ११ आइतवार

870 

shares

पाटन, ललितपुर । सुदूरपश्चिम विश्वविद्यालय र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीबीच शैक्षिक कार्यक्रममा सहकार्य गर्ने सम्बन्धको समझदारीपत्र आदानप्रदान गरिएको छ ।

आइतबार सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा डा हेमराज पन्त र दक्षिण कोरियाको जोनबुक नेसनल युनिभर्सिटीका अध्यक्ष डा ओ बोङ याङबीच हस्ताक्षर भएको हो । हस्ताक्षरसँगै पाँचबुँदे समझदारीपत्र आदानप्रदान गरिएको छ ।

शैक्षिक तथा प्राज्ञिक उन्नयनका लागि दुई विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा पन्तले जानकारी दिए । समझदारीमा विश्वविद्यालयको विषयगत सङ्काय, प्राध्यापक र अनुसन्धानकर्ताहरु आदानप्रदान गर्ने कुरा उल्लेख गरिएको सम्मेलनका संयोजक सहायक प्राध्यापक टङ्क मुखियाले जानकारी गराए । सुदूरपश्चिम विश्वविद्यालय र जोनबुक विश्वविद्यालयका विद्यार्थी, दुवै विश्वविद्यालयबीच शैक्षिक सामग्री तथा सूचना आदानप्रदान, संयुक्त रुपमा अनुसन्धान सञ्चालन, प्राज्ञिक बैठक तथा सेमिनारहरु आयोजना गर्ने समझदारी भएको हो ।

सन् १९४७ मा स्थापना भएको जोनबुक विश्वविद्यालयका प्रा डा ह्याक योङ किमले सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिसहित २१ जनाको विद्यावारीधिका लागि सुपरभाइज गरेका छन् । उनले नेपाली विद्यार्थीहरुको अनुसन्धान कार्यमा सहयोग गर्ने औपचारिक समझदारी भएकोमा खुसी व्यक्त गरेका छन् ।
सन् २०१० मा स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयले पछिल्लो समय अनुसन्धान र अन्वेषणमा जोड दिँदै विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय प्राज्ञिक पहुँचका लागि काम गर्दै आएको छ । नेपाल मटेरियल साइन्स सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनलाई पनि सुदूरपश्चिम विश्वविद्यालय सहआयोजकका रुपमा रहेको छ ।

वि.सं.२०८१ कात्तिक ११ आइतवार १८:५१ मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...