back
CTIZAN AD

पर्यटक लोभ्याउने सिरहाको ‘गोसाइ डाँडा ताल’

वि.सं.२०८१ कात्तिक १२ सोमवार

564 

shares

सिरहा । चुरेको फेदमा अवस्थित छ ‘गोसाइ डाँडा ताल’ । चारैतिर हरियाली जङ्गल, चराचुरुङ्गीको मधुर चिरबिर, बीचमा रहेको मनमोहक ताल, सूर्यको किरण पर्दा सुनजस्तै टल्किरहेको सफा कञ्चन पानी, कहिल्यै गर्मी महसुस नहुने शान्त वातावरण यसको विशेषता हुन् ।

लहान नगरपालिका–१५ बानोगाउँस्थित ‘झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘गोसाइ डाँडा ताल’ निर्माण गरिएको छ । पूर्व–पश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब १० किलोमिटर उत्तरमा पर्छ यो ताल ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न ताल संरक्षण र व्यसस्थापनसँगै पर्यापर्यटनको समेत विकास गरिएको झोवाइ खोल्सी चुरिया डाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लगनलाल चौधरीले बताए । झण्डै दुई बिघा क्षेत्रफलमा फैलिएको यस तालको वरिपरि अन्य चारवटा सानाठूला पोखरीसमेत रहेका छन् । प्रकृतिक सुन्दरताका साथै थप पयटकीय संरचनाको निर्माणपछि पर्यापर्यटनको नयाँ गन्तव्यका रुपमा यस क्षेत्र विकास भएको उनले जानकारी दिए ।

अध्यक्ष चौधरीका अनुसार तालको संरक्षण, सम्बद्र्धन र सौन्दर्यीकरण गरी पर्यटकीयस्थल निर्माणमा डिभिजन वन कार्यालय लहान, सिरहाबाट रु ७० लाख, वन तथा भूसंरक्षण विभागबाट रु २० लाख, जलस्रोत तथा सिँचाइ विकास डिभिजनबाट रु ४० लाख, संसद विकास कोषबाट रु १५ लाख सहयोग रकम खर्च भएको छ ।

त्यसैगरी पर्यटन विकास कार्यलय लहानबाट यस आर्थिक वर्षभित्रमा कार्यान्वयन गर्ने गरी रु ५० लाख विनियोजन भएको छ । उक्त बजेटबाट समितिले तालमा ‘बोटिङ’ सञ्चालन, ठाउँ–ठाउँमा विश्रामस्थल निर्माण, ताल घुम्ने बाटो, शौचालय, वनभोजस्थललगायतका संरचना बनाइसकेको छ भने महादेव र हनुमान मन्दिर निर्माण अधुरो रहेको छ ।

त्यसैगरी आगामी दिनमा यहाँ भ्युटावर बनाउने लक्ष्यसमेत रहेको अध्यक्ष चौधरीले जानकारी दिए । ठूलो सम्भावना बोकेको यो ताललाई पर्यटकीयस्थलको रुपमा विकास गरी स्थानीयको आर्थिक उपार्जनमा टेवा पु¥याउन डिभिजन वन कर्यालय लहानले सहयोग गरिरहेको कार्यालय प्रमुख शैलेन्द्रकुमार मिश्रले बताए । सामुदायिक वनभित्र भएका स्रोतसाधनको पहिचान गरी लाभ लिन उपभोक्ता समितिका सदस्यलाई उनले आग्रह गरे ।

यस पर्यटकीय क्षेत्रमा आवतजावतको लागि बानोखोलामा पुल नबन्दा वर्षाको समयमा खोला तर्न समस्या परेको वडा नं १५ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए । पुल निर्माणको लागि नगरको मात्रै स्रोतले सम्भव नरहेकाले प्रदेश तथा सङ्घीय सरकारसँग पहल गरिने लहान नगर उपप्रमुख रामचलितार महतोले बताए ।

साथै उनले जमिनमा पानीको सतह घट्दै गएकाले चुरे क्षेत्रमा यस प्रकृतिका पोखरीले ‘वाटर रिचार्ज’ हुने भन्दै वन उपभोक्ता समितिले वनजंगल संरक्षण र जलाधार क्षेत्र संरक्षणको लागि गरेको प्रयासमा नगरपालिकाले सधैँ सहयोग र प्रोत्साहन गर्ने बताए ।

जलवायु परिवर्तनको चुनैतीलाई सामना गरी तालको संरक्षणको साथसाथै हरियाली प्रवद्र्धन गर्दै पर्यापर्यटनको विकास गर्नुपर्ने जिल्ला वन क्षेत्र समन्वय समितिका पदेन सदस्य रहनुभएका जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेशकुमार महतोले जोड दिए ।

चुरेको काखमा अवस्थित ‘गोसाइ डाँडा ताल’ले पोखराको फेवातालको झल्को दिने स्थानीय बताउँछन् । तालको बीचमा जमिनको भाग उठेको छ । यसलाई थप आकर्षक बनाई आन्तरिक तथा बाह्य पर्यटकको आगमनबाट स्थानीयको रोजगारीमा समेत अभिवृद्धि हुने यसका अध्यक्ष चौधरीको भनाइ छ । यस पर्यटकीय क्षेत्रकोे विकासका लागि सबैलाई सहयोग र प्रचारप्रसार गरिदिन अध्यक्ष चौधरीले आग्रह गरे ।

 

वि.सं.२०८१ कात्तिक १२ सोमवार ११:४२ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...