back
CTIZAN AD

शिक्षालाई गुणस्तर बनाउन देवचुलीमा ‘मेयरसँग विद्यार्थी कार्यक्रम’ 

वि.सं.२०८१ कात्तिक १२ सोमवार

1K 

shares

नवलपुर । नवलपुरमा विद्यार्थीहरूको शिक्षामा गुणस्तर वृद्धि गर्न र मेयरसँग विद्यार्थी कार्यक्रम सञ्चालनमा ल्याएको छ । देवचुली नगरपालिकाको आयोजनामा सोमबार नगरपालिकाको कार्यालयमा देवचुली–१५, स्थित जनज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरु बिच मेयरसँग कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा नगरप्रमुखसँग प्रत्यक्ष संवाद गर्दै जनज्योति माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरूले शिक्षा क्षेत्रमा नगरपालिकाको आगामी योजना, पाठ्यपुस्तक र अभिभावक शुल्क, अग्रेजी माध्यमको शिक्षालाई निःशुल्क गर्नुपर्ने ,बढ्दो प्रदूषण र फोहोर मैला व्यवस्थापनको समस्या, झोला विहीन शुक्रवार कार्यक्रमलाई निरन्तर दिन नसकेको,शिक्षामा देखिएको चुनौती र भविष्यमा हुनसक्ने अवसर, मेयर उपमेयरसँग बेला–बेला भेटघाट, दिवा खाजा व्यवस्थापनका विषयमा जिज्ञासा राखेका थिए ।

जवाफमा नगरप्रमुख न्यौपानेले स्थानीय सरकारको हैसियतले दक्षता अनुरूप विद्यार्थीहरूले राखेका कुरालाई व्यवस्थापन गर्ने बताएका थिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीमा क्षमता  र दक्षता  हुने, शैक्षिक स्तरमा वृद्धि आउने, यस्ता समस्याको छिटोभन्दा छिटो समाधान गर्न सकिने बताउँदै विद्यार्थीहरूले राखेका विषयलाई सक्दो छिटो समाधान गर्न तर्फ नगरपालिका लाग्ने नगर प्रमुख न्यौपानेले बताए ।

कार्यक्रममा देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारी, प्रमुख प्रशासकीय अधिकृत मुकुन्द शर्मा, देवचुली नगरपालिका शिक्षा शाखा प्रमुख राम प्रसाद शर्मा, नगर प्रवक्ता तिल प्रसाद काफ्ले लगायत जनज्योति मा.वि व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ बस्याल, प्राथमिक तहका सयोजक श्यामलाल न्यौपाने, विद्यालयका शिक्षक प्रतिनिधि, विद्यार्थी, नगरपालिकाका कर्मचारी, वडाध्यक्षहरूको उपस्थिति रहेको थियो ।

विद्यार्थीसँग मेयर कार्यक्रममा विद्यार्थीहरूलाई आफ्ना जिज्ञासाहरू सहज रूपमा नगरपालिका प्रमुखसँग राख्न सकिने व्यवस्था मिलाइएको थियो । शिक्षा क्षेत्रमा लगानी गरिरहेको देवचुली नगरपालिकाले व्यवहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आईरहेको छ ।

कार्यक्रममा जनज्योति मा.विका छात्रछात्राहरूले नगरप्रमुख समक्ष आफ्ना जिज्ञासा राखेका थिए ।  देवचुली नगरपालिकाका नगरप्रमुख हरि प्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो  ।

वि.सं.२०८१ कात्तिक १२ सोमवार १६:१० मा प्रकाशित

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

सेनाले सार्वजनिक गर्‍यो हवाई, जमिनी तथा टनेल उद्धारको पछिल्लो अवस्था

काठमाडौँ । नेपाली सेनाले रसुवागढी–भोटेकोशी बाढी प्रभावित क्षेत्रमा भइरहेको हवाई...

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

खुमलटारमा डीएनए प्रोफाइलिङ भैरहेको मन्त्रालयद्वारा जानकारी

काठमाडौँ । रसुवागढी तथा भोटेकोशी क्षेत्रमा आएको बाढीबाट भएको मानवीय...

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

विपद्मा सरकारलाई साथ, तर सुरुङ प्रकरणमा गम्भीर प्रश्न – कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले भोटेकोशी बाढीपछिको उद्धार, राहत तथा पुनःस्थापनामा...