back
CTIZAN AD

कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माण गर्न एक करोड विनियोजन

वि.सं.२०८१ कात्तिक १५ बिहीवार

759 

shares

कर्णाली । मानव सेवा आश्रमले सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’का क्रममा एक सय ४४ सहयोगापेक्षी सडक मानवको उद्धार गरेको छ ।

कर्णाली प्रदेश सरकारद्वारा सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उद्धार यात्राको १७औँ दिनसम्म एक सय नौ पुरुष, ३२ महिला र तीन बालबालिका सडकबाट उद्धार गरिएको जानकारी दिए । विसं २०८२ सम्म नेपाललाई सडक मानवमुक्त देश घोषणा गर्ने लक्ष्य लिएर उद्धार यात्रा थालिएको जनाउँदै उहाँले कोही कसैलाई सडक मानव र बेसहारा हुन नदिने राष्ट्रिय सङ्कल्पको आधार तयार गर्न यो पटक पनि यात्रा जारी राखिएको जनाए ।

अध्यक्ष अधिकारीले भन्नुभयो, “यो चौथो मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा हो । अघिल्लो वर्ष तीन सय चारजना सहयोगापेक्षी सडक मानवको उद्धार भएको थियो ।” पूर्व–पश्चिममा सहयोगापेक्ष सडक मानवको अवस्था सडक मानवमुक्त प्रदेशका रुपमा घोषित कर्णालीमा मानव सेवा आश्रमको भवन निर्माणका लागि रु एक करोड बजेट विनियोजन गरेकोप्रति उनले प्रदेश सरकारलाई धन्यवादज्ञापन गरे ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले मानवता प्रवद्र्धनका लागि थालिएको पुण्य काममा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए । “दिन लगाएर गर्ने कामभन्दा मन लगाएर गरिएका काम सफल हुन्छ,” उनले भने, “हामी ठीक हुँदा देश नै ठीक हुन्छ । आफूभित्रको मानवता प्रकट गरेर समाजमा उदाहरणीय काम गरौँ । ऊँ कैलाश, कर्णाली र कर्मप्रति सङ्कल्पित हौँ ।”

राष्ट्रिय गायिक आनीछोइङ डोल्माले करुणा शक्तिबाट मात्र सेवा भाव प्रकट हुने बताए । मानव सेवा आश्रमले थालेको काममा कर्णाली प्रदेश सरकारले महत्वपूर्ण सहयोग गरेको भन्दै तिहारको बेलामा पनि मानव सेवामा समर्पित आश्रमका साधक साधकीहरुको उच्च प्रशंसा गर्दै सेवा भावबाट गरिएका कामले मात्र पुण्य कमाउन सकिने जिकिर गरे ।

अध्यक्ष अधिकारीका अनुसार यात्राको सम्पूर्ण खर्च आनी छोइङ डोल्मा फाउन्डेसनले व्यहोरेको छ । कार्यक्रममा कर्णाली प्रदेश सरकारका निमित्त सचिव आनन्द सारु, आन्तरिक मामिला सचिव पुष्पराज शाही, सामाजिक विकास सचिव दीर्घबहादुर पोखरेलसहितको सहभागिता रहेको थियो ।

वि.सं.२०८१ कात्तिक १५ बिहीवार १२:३३ मा प्रकाशित

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...