back

पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दै

वि.सं.२०८१ कात्तिक १८ आइतवार

309 

shares
GLOBAL IME AD
NTC AD

 

जुम्ला । जुम्लामा पछिल्लो समय कोदोखेती गर्नेको सङ्ख्या घट्दोक्रममा छ । यहाँका आठ स्थानीय तहमा अधिकांश किसानले कोदोखेती गर्न करिब छाडिसकेका छन् ।

विगतमा यहाँको तिला गाउँपालिका– १ मा कोदोको राम्रो उत्पादन हुन्थ्यो । यहाँका फाँटहरूमा लहलहाउँदै गरेको कोदो देखिन्थ्यो तर आठ/दश वर्षयता यस ठाउँमा कोदोको खेती गरेको पाइँदैन । दशक अघिसम्म पाँच क्विन्टलसम्म कोदो उत्पादन हुने बारीमा अहिले एक क्विन्टल पनि उब्जनी नहुने गरेको तिला– १ का स्थानीय नर रावतले जानकारी दिए ।

तातोपानी गाउँपालिका– ४ का स्थानीय प्रेमराज पाण्डेले किसानले कोदोबाली लगाउनै छाडेको बताए । दैनिक उपभोग्य सामानहरू घरदैलोमा पुग्न थालेपछि यसको खेती गर्नेको सङ्ख्या घटेको उनको भनाइ छ । कोदोबाली अत्यन्त पोषिलो मानिन्छ । विगतमा यसको रोटी खाने गरिन्थ्यो । पछिल्लो समय उत्पादन घटेपछि भएको उब्जनीले गाउँघरमा मदिरा बनाउन प्रयोग किसानले जनाएका छन् ।

यहाँका स्थानीय तहले खाजानास्तामा स्थानीय उत्पादन वा रैथाने बालीहरूको प्रयोगमा जोड नदिएका होइनन् तर कोदोको उत्पादन कम हुने भएकाले बजारमा यसको पिठो मागअनुसार उपलब्ध गराउन नसकिएको खलङ्गा बजारमा रहेको रारालिही अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले जानकारी दिए ।

हाल यहाँ कोदोको पिठो प्रतिकिलोग्राम रु एक सय ५० मा किनबेच भइरहेको छ । कोदोको दाना प्रतिकिलो रु एक सय २० मा बिक्छ । कोदोमा क्याल्सियम,म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बीलगायत पोषक तत्वहरू पाइने गरेकाले पछिल्लो समय माग भने बढ्दो छ । तौल घटाउन, मुटुसम्बन्धी रोग नियन्त्रण, पेट स्वस्थ राख्न पनि कोदोका परिकार उपयुक्त हुने जानकारहरू बताउँछन् ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाको तथ्याङ्कअनुसार हाल यहाँ तीन हजार सात हेक्टरमा कोदोखेती हुने गरेको जनाएको छ । रासस

वि.सं.२०८१ कात्तिक १८ आइतवार ०८:३६ मा प्रकाशित

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

नेपाल-चीन सुरक्षाकर्मीद्वारा सीमा क्षेत्रको संयुक्त अनुगमन

सिमकोट (हुम्ला) । नेपाल र चीनका सुरक्षाकर्मीले हुम्लाको उत्तरी सीमा...

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

पाथीभरा क्षेत्रमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा चार जना घाइते

फुङ्लिङ (ताप्लेजुङ) । पाथीभरा क्षेत्रमा शनिवार प्रहरी र केवलकार निर्माणको...

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...