back
CTIZAN AD

टेलिकमको पाइपबाट पानी बगेपछि मुहानको खोजीमा प्राविधिक

वि.सं.२०८१ कात्तिक २० मंगलवार

918 

shares

चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ््याएको पाइपबाट पानी निस्किएको बताए । सुरुमा जमिनबाट मूल फुटेको अनुमान गरिए भए पनि खनेर हेर्दा टेलिकमको पाइपबाट पानी आएको देखिएको उनले बताए ।

उनले भने, “वरपर कतै मूल फुटेर वा खानेपानीको पाइप फुटेर टेलिकमको पाइपमा छिरेको हुनसक्छ । नत्र तार हाल्न विछ्याइएको पाइपमा यत्रो पानी कसरी आयो होला ।” टेलिकमको पाइपमा कहाँबाट पानी छि–यो भन्ने पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको उनले जानकारी दिए । खानेपानी बोर्डलाई पत्राचार गरिएको र खानेपानी, टेलिकम, डिभिजन सडक र निर्माण कम्पनीका प्रतिनिधि बसेर निकास खोजी भइरहेको उनले बताए ।

नारायणगढदेखि गोन्द्राङसम्म छ लेनको सडक विस्तार भइरहेको छ । सो काम इण्डो सगुन निर्माण कम्पनीले गरिरहेको छ । कम्पनीका इन्जिनियर सुनिल ढुङ्गानाले पानी निस्किनुको कारण पहिचान गर्न नसक्दा मर्मत गर्न नसकिएको बताए । उनले भने, “कहाँबाट पानी छि–यो, कति सडक भत्काउने, यकिन गर्न सकेका छैनौँ । सडक डिभिजनलाई भनेका छौँ ।”

भरतपुरको सवारी चाप हुने मुख्य क्षेत्रमा सडक भत्किएपछि तत्काल निर्माण गर्न भरतपुर महानगरपालिकाले डिभिजन सडक कार्यालय र निर्माण कम्पनीलाई पटक–पटक आग्रह गरेको छ । महानगर प्रमुख रेनु दाहालले भनिन्, “हामीले दसैँं अघि नै तत्काल मर्मत गर्न अनुरोध गरेका छौँं, प्राविधिक कारणले काममा ढिलाइ भएको छ ।” रासस

 

वि.सं.२०८१ कात्तिक २० मंगलवार १३:१० मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...